ghar sansar

ग्रिनल्यान्ड एकेडेमीको कक्षा ८ का विद्यार्थी आफैंले पकाएर खुवाए वृद्ध वृद्धालाई खाना

महेन्द्रनगर । भीमदत्त नगपालिका ४ गोबरैयास्थित ग्रिनलेन्ड एकेडेमीका विद्यार्थीहरुले वनखेतको महिला तथा वृद्ध सेवा केन्द्रका वृद्धवृद्धालाई खाना खुवाएका छन् ।

ग्रिनलेन्ड एकेडेमीको कक्षा ८ का विद्यार्थीहरुले शनिबार स्थानीय विषयको परियोजना अन्र्तगत आपैmले खाना पकाएर खुवाएका हुन् । उनीहरुले विहान विद्यालयमा स्थानीय खाना सेल, पुरी, पकौडा लगायत परिकार पकाएका थिए । त्यसपछि सेवा केन्द्रमा गएर दिउँसो उनीहरुले वृद्धवृद्धालाई खुवाएका छन् ।

विद्यालयका प्रधानाध्यापक तथा स्थानीय विषय संयोजक विनोद भट्टले यस्ता कार्यले विद्यार्थीहरुमा सामाजिक सहयोगको भावना बढ्ने र सेवा गर्ने भावनाको विकास हुने बताए ।

विद्यालयले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने जानकारी दिएको छ । ‘विद्यार्थीहरुलाई सैद्धान्तिकसंगै व्यवहारिक शिक्षा दिने हाम्रो लक्ष्य हो, यस्ता कार्यक्रमलाई आगमाी दिनमा पनि निरन्तरता दिन्छौ’ विद्यालयका व्यवस्थापक जगदीश बोहराले भने ।

Himal dental
सम्बन्धित
Loading...