ghar sansar

विद्यार्थी घर पुगाएर फर्कि रहेको स्कुल बसको ठक्करले बालकको मृत्यु

khasi

महेन्द्रनगर । बेलौरी नगरपालिका ८ कलकत्तामा ज्ञान साधन बोडिङ्ग स्कुलले बसको ठक्कर एक बालकको मृत्यु भएको छ । बेलडाँडी गाँउपालिका ३ खैरिघाटका दुई बर्षिया सुशान्त कुँवरलाई विद्यालयको सुपप्र ०१००१ख३६१० नम्बरको स्कुल बसेल ठक्कर दिएपछि मृत्यु भएको छ ।

dirghayi clinic

आइतबार साँझ ५ बजेतिर खैरिघाट क्षेत्रबाट विद्यार्थी छाडेर विद्यालय फर्किने क्रममा सडकमा खेलिरहेका बालकलाई ठक्कर दिएको हो । ठक्करपछि बस चालक बस लिएर फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले विद्यार्थी छाड्न कलकत्ता विद्यालयदेखि खैरिघाट गाँउमा पुगेको बसले ठक्कर दिएको बताए ।

Himal dental
सम्बन्धित
Loading...