ghar sansar

कञ्चनपुरको दक्षिणी क्षेत्रमा नाङ्गो तार हटाउँदै विद्युत प्राधिकरण

khasi

महेन्द्रनगर । कन्चनपुरको दक्षिणी क्षेत्रमा विद्युत प्रवाहमा अवरुद्ध नहोस् भन्नका लागि नाङ्गो तार हटाउन थालिएको छ । जिल्लाको बेलौरी, पुनर्वास र बेलडाँडी क्षेत्रमा हाइटेन्सन लाइनमा कबर कन्डक्टर विस्तार गर्न लागिएको हो ।

नेपाल विद्युत प्राधिकरण बेलौरी वितरण केन्द्रले बेलौरी बजार क्षेत्रमा कबर कन्डक्टर लाइन बिस्ताको कार्य अगाडी बढाइएको जनाएको छ ।

कार्यालय प्रमुख टेकराज गिरीले बेलौरी बजार क्षेत्रमा नाङ्गो तार हटाउदै नयाँ योजना अनुसार ’कबर कन्डक्टर झ विस्तार गर्न लागिएको जानकारी दिए ।

बेलौरी बजार क्षेत्रमा रहेका नाङ्गो तार हटाएर कबर सहितको तार जडानको कार्य भइरहेको कार्यालय प्रमुख गिरिले जनाए ।

पछिल्लो समय विद्युत प्रभाहमा अवरुद्ध बढेपछि खुल्ला तारबाट विद्युत प्रशारण अन्त्य गर्न कबर भएको तार प्रयोग हुन थालेको हो । खुल्ला तारबाट विद्युत विस्तार हुँदा हावाहुरीका कारण बाँस र रुखहरुमा ट्रिपिङ्ग बढेर विद्युत अवरुद्ध हुने क्रम बढेपछि प्राधिकरणले कबर सहितको तार प्रयोग गर्न थालेको जनाएको छ ।
बेलौरीमा विद्युत विस्तार नाङ्गो तारबाट हुँदै आएको थियो ।

dirghayi clinic

विद्युत प्रशारण लाइन बिस्तार र मर्मतमा कबर कन्डक्टर तारको प्रयोग भएपछि विद्युत अवरुद्ध कम हुने अपेक्षा स्थानीयहरुको छ । विद्युत प्राधिकरणले बेलौरी शान्तिपुर क्षेत्रमा ११ सय मिटर नाङ्गो तार हटाएर कबर भएको तार विस्तार गरेको जनाएको छ ।

वितरण केन्द्रले बेलडाँडी सिहपाल टोल क्षेत्रमा १५ पोल हाइटेन्सन लाइनमा नाङ्गो तार हटाएर कभर कन्डक्टर विस्तार गरेको छ ।

यस्तै, बेलौरी वडा नम्बर १० सिवनगर– बन्दाजाला क्षेत्रमा १५ पोल कबर कन्डक्टर लगाएको छ ।

पुनर्वास नगरपालिका –५ पशुपति टोल क्षेत्रका हाइटेन्सन लाइनमा पनि नाङ्गो तार हटाएर कबर भएको तार विस्तार गरिएको कार्यालय प्रमुख गिरिले बताए । उक्त क्षेत्रमा अहिले २५ पोलमा कबर कन्डक्टर तार लगाइएको छ ।

खुल्ला तार हटाएर कबर भएको प्रयोग भएपछि बजार क्षेत्रमा सुन्दरता देखिएको बेलौरीका स्थानिय भानु बिस्टले बताए ।

कबर कन्डक्टर तार प्रयोगपछि विद्युतिय दुर्घटना कम हुने, विद्युत चुवाहट नियन्त्रण हुने र नियमित विद्युत प्रभावमा सहयोग पुग्ने बेलौरी वितरण केन्द्रका प्रमुख गिरीले बताए ।

नाङ्गो तार झिकेर कार्यालयमा अहिले राख्ने गरिएको छ । रुख नभएका र खुल ठाउँमा आवस्यक परेको बखत नाङ्गो तार प्रयोगमा ल्याइने कार्यालय प्रमुख गिरीले जनाए ।

Himal dental
सम्बन्धित
Loading...