

महेन्द्रनगर । महेन्द्रनगर स्थित सनराइज बोर्डिङ स्कुलले स्थापना दिवसका अवसरमा फागुन ३ गते १७ औं वर्षिको उत्सव मनाउने भएको छ ।
भीमदत्त नगरपालिका १८ कटानमा रहेको सनराईज पब्लिक स्कुलले बिहीबार (आज)विज्ञान तथा कला प्रंर्दशनी पनि गर्न लागेको हो ।

सनराईज पब्लिक स्कुलका संचालक दिपक चालिसेले विद्यार्थीमा पढाईका अतिरिक्त थप ज्ञान अभिबृद्धिका लागि एक दिने विज्ञान तथा कला प्रर्दशनी गर्न लागेको बताए । प्रर्दसनीमा विद्यार्थीहरुले आफुले बनाएका सामाग्रीहरुको प्रदर्शन गरिने छ ।
उनका अनुसार विद्यार्थीमा भएका कला प्रर्दशनीका लागि उनीहरुमा क्षमता अभिबृद्धिका विद्यालयले १७औँ पटक प्रंर्दशनी गर्न लागेको बताए ।
आगामी दिनमा थप स्तरिय डिजिटल सहितको गरिने छ । विज्ञान कला प्रर्दशनीमा बाह्य विद्यालयका विद्यार्थीको समेत अवलोकन गर्नेछन ।
