

महेन्द्रनगर । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति कञ्चनपुरले ३० औँ जनयुद्ध दिवसमा रक्तदान र शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेयको अध्यक्षतामा नेपाल रेडक्रस सोसाईटी शाखाको रक्त सञ्चार केन्द्र रक्तदान कार्यक्रम गरिएको छ ।

कार्यक्रममा माओवादी केन्द्रका कञ्चनपुर इन्चार्ज टेकेन्द्र प्रशाद भट्ट, जिल्ला संयोजक पाण्डेय लगायत केन्द्रीय सदस्यहरु देवीलाल चौधरी, माया नेगी, जिल्ला संचिव सहबीर सुनार लगायतका सहभागी भएका छन् ।
तत्कालिन नेकपा माओवादीले २०५२ फागुन १ गते जनयुद्ध थालेको दिनलाई बर्सेनी दिवसका रुपमा मनाउँदै आएको छ । २०६२÷०६३ को जन आन्दोलनपछि १२ बुँदे सहमति गरी माओवादी केन्द्र शान्तिपूर्ण राजनीतिमा आएको थियो ।
माओवादी केन्द्रले जनयुद्ध दिवुसको अवसरमा साँझ दिप प्रज्वलन समेत गरेको छ ।
