ghar sansar

राजनीतिक उपलब्धि जोगाउन मिडियाले सशक्त भूमिका हुन्छ –एमाले केन्द्रीय सदस्य राना

महेन्द्रनगर । एमाले केन्द्रीय सदस्य कृपाराम रानाले जनताको बलिदानीबाट प्राप्त राजनीतिक उपलब्धि रक्षा गर्न मिडियाले सशक्त भूमिका खेल्न सक्ने बताएका छन् ।

एमाले कञ्चनपुरको प्रकाशन तथा प्रचार विभागले शुक्रबार पार्टी कार्यालयमा आयोजना गरेको नेपाल पत्रकार महासंघ कञ्चनपुरको नव निर्वाचित कार्य समितिलाई बधाई तथा सम्मान कार्यक्रममा केन्द्रीय सदस्य रानाले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशिता लगायतका उपलब्धि हासिल गर्न मिडियाको भूमिका महत्वपूर्ण भएको उल्लेख गरे ।

‘मिडिया जगतले हिजो निरंकुश काल होस, पञ्चायत काल होस, जनताको हक अधिकार रक्षाका महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ, अहिलेको गणतन्त्र, संघीयता, धर्म निरपेक्षाता, समावेशि लगायतका महत्वपूर्ण उपलब्धि हासिल गर्न पनि निकै महत्वपूर्ण भूमिका छ’ संविधान सभा सदस्य समेत रहेका रानाले भने , ‘अहिले यी उपलब्धि विरुद्ध विभिन्न खाले शक्ति लागि परेका छन्, यस्ता खाले प्रवृत्ति निरुत्साहित गर्न पनि पनि मिडियाको भूमिका महत्वूर्ण छ, अहिलेको उपलब्धिको रक्षा गर्न तपाई पत्रकाहरुको भूमिका नभई हुँदैन, पत्रकारको सशक्त भूमिका यी सबै उपलब्धि जोगाउन सकिन्छ, म त्यसका लागि सबै पत्रकारहरुमा आग्रह गर्छु ।’

कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य एबम् कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का पूर्व साँसद डा. दिपक प्रकाश भट्टले अहिले सूचना प्रविधिमा आएको विकासकाले मिडियालाई सही र तथ्य परक सूचना सम्प्रेषण गरी जनतालाई सुसूचित गर्ने जिम्मेवारी बढेको उल्लेख गरे ।

सूचना प्रविधिको विकास र विस्तारले समाजमा सूचनाको प्रचार प्रसार सहज हुँदै गएको उल्लेख गर्दै उनले पत्रकारले पत्रकारिताका सिद्धान्त, मूल्य र मान्यतालाई टेकेर सूचना सम्प्रेण गरी सुसूचित गर्न पर्नेमा जोड दिए ।

एमाले कञ्चनपुरका प्रचार विभाग प्रमुख जनकराज अवस्थीले एमाले सधैं प्रेस स्वतन्त्रताको पक्षमा उभिएको उल्लेख गर्दै पत्रकार महासंघ र पार्टीबीच सबैं सहकार्य र समन्वय गरिने बताए ।

एमाले कञ्चनपुरका उप सचिव राजीव खड्काले स्वागत मन्तव्य राखेको कार्यक्रममा एमाले कञ्चनपुरका कार्यालय सचिव रामचन्द्र रेग्मी, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश धामी, महासंघका पूर्व अध्यक्ष विष्णुदत्त अवस्थी लगायत सहभागी भएका छन् । प्रेस चौतारी कञ्चनपुरका अध्यक्ष लक्ष्मण पन्तले कार्यक्रम सञ्चालन गरे ।

Himal dental
सम्बन्धित
Loading...