
महाकाली बहुप्राविधिक शिक्षालयको वार्षिकोत्सवमा शिक्षालयका संस्थापक भीमदत्तका पूर्व मेयर विष्ट सहित सम्मानित
महेन्द्रनगर । महाकाली बहुप्राविधिक शिक्षालयले शिक्षालयका संस्थापक भीमदत्त नगरपालिकाका पूर्व मेयर सुरेन्द्र विष्ट सहितलाई सम्मान गरेको छ । शिक्षालयको चौथो वार्षिकोत्सव तथा अभिभावक दिवसम पूर्व मेयर विष्ट सहितलाई सम्मान गरिएको छ ।
शिक्षालयले मेयर विष्ट सहित भीमदत्त नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्ट, भीमदत्तका प्रशासकीय अधिकृत हरि सिह धामी, शिक्षा तथा खेलकूद शाखा प्रमुख हरिदत्त जोशी, शिक्षालयका पूर्व प्रमुख पंकज रावललाई सम्मान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिह थापाले सबैलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे । शिक्षालयका अध्यक्ष भीमदत्तका मेयर पदम बोगटीको अध्यक्षतामा कार्यक्रम गरिए्को छ ।
कार्यक्रमका प्रमुख अतिथि थापाले शिक्षालयलाई सहयोग गरिने बताए । कार्यक्रममा शिक्षालयका निर्देशक परमल सिह साउदले प्रगति प्रतिवेदन प्रस्तुत गरे ।
शिक्षालयमा हाल ३ सय ७० विद्यार्थी अध्ययनरत छन् । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुति राखे ।
