ghar sansar

दोधारा चाँदनीमा फेरि हात्ती आतंक, प्रधान टोलमा बालीनाली स्वाहा

khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका १० प्रधान टोलमा जंगली हात्तीको बथानले बालनाली सखाप पारेको छ । जङ्गली हात्तीको बथानले राति बथानले गहुँ, उखु,मसुरो तथा केरा नष्ट गरेको दोधारा चाँदनी नगरपालिका १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले बताए ।

गय राति करिब ९÷१० बजे तिर बच्चा सहित २०÷२५ को सङ्ख्यामा हात्तीको बथान रातिको समयमा गाउँ पसेको र गाउँले थाहा पाएर होहल्ला गरेपछि शुक्ला फाँटा राष्ट्रिय निकुञ्ज भित्र प्रवेश गर्ने गरेको उनी बताउँछन् ।

ratnam

हात्तीले सो क्षेत्र का किसानहरूको गँहुँ, उखु , मसुरो,केरा गरि करिब २ बिगाह बाली पुर्ण रूपमा नोक्सान गरेको छ ।

dirghayi clinic

जंगली हातिले दिपक बुढाको करिब १ बिगाहमा रहेको गहुँ,उखु,केरा नष्ट पारेको छ भने गणेश शाहीको १ बिगाह मा उत्पादन गरिएको उखु बाली नोक्सान गरेको छ ।

हरेक बर्ष हात्तीबाट हुने क्षति रोकथाम गर्न कुनै पनि स्थर बाट पहल नभएको स्थानीयले बताए । हात्तीले हिँउदे बालि मात्रै नभएर बर्षे बाली समेत नोक्सान गर्दै आएको पिडित बुढाले बताए ।

हात्तीले नोक्सान गर्न थालेपछि हात्ती धपाउन जाग्राम बस्ने योजना बनाउन थालेको समाजसेवी रोशन रावलले बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिक हात्तीको बथान रहेको र महाकाली नदी तरेर जुनसुकै बेला पनि गाउँ पस्न सक्ने स्थानीयको ठम्याई छ ।

   

Himal dental
सम्बन्धित
Loading...