ghar sansar

गृहमन्त्री लेखकको बचाउमा लाग्यो काँग्रेसको दलित संघ

khasi

महेन्द्रनगर । सत्तारुढ काँग्रेसको नेपाल दलित संघ गृह मन्त्री रमेश लेखकको बचाउमा लागेको छ । गृहमन्त्री लेखकको निर्देशनमा मधेस प्रदेशका अन्र्तजातीय विवाह बन्धनमा बाँधिएका जोडीलाई प्रहरीले यातना दिएर अलग गरेको आरोप व्यापक भएपछि संघले त्यसमा सत्यता नभएको भन्दै विज्ञप्ति सार्वजनिक गरी आपत्ति व्यक्त गरेको छ ।

dirghayi clinic

संघका दुई केन्द्रीय सदस्य र जिल्ला पदाधिकारीले गृहमन्त्री लेखकमाथि सामाजिक सञ्जाल फेसबुकबाट दुष्प्रचार गरिएको भन्दै ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेका छन् । उनीहरुले सामाजिक सञ्जालमा आन्दोलनको निहुँमा खगेन्द्र सुनार लगायत उच्छृङखल व्यक्तिहरुले कपोकल्पित र अनर्गल अभिव्यक्ति दिई रहेकोप्रति आपत्ति जनाएका छन् ।

संघका केन्द्रीय सदस्यद्वय हरिहर परियार, रमेश दयाल, संघका कञ्चनपुर उप सभापति दिलराम टमटा र उप सचिव दयाराम टमटाको विज्ञप्तिमा हस्ताक्षर छ । उनीहरुमध्ये केन्द्रीय सदस्य परियार भीमदत्त नगर कार्यपालिका सदस्य छन् । संयुक्त विज्ञप्तिमा उनीहरुले गृहमन्त्री लेखकको अनर्गल प्रचारले दलित आन्दोलन कमजोर हुने चिन्ता व्यक्त गरेका छन् ।

‘अनर्गल तथ्य, कपोकल्पित अभिव्यक्ति तथा उच्छृङ्खलताले नेपालको दलित आन्दोलनलाई कमजोर तुल्याउने भएकाले नेपालका सम्पूर्ण दलित अधिकारकर्मीहरु, दलित संघ संस्थाहरुलाई यस्ता अनर्गल, अशोभनीय तथा कपोकल्पित अभिव्यक्ति उत्छृङ्खलपना देखाउने प्रति सचेत र सजग रहन नेपाल दलित संघ कञ्चनपुर हार्दिक अनुरोध गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

Himal dental
सम्बन्धित
Loading...