ghar sansar

गरीब विद्यार्थीलाई छात्रबृत्तिका लागि अक्षय कोष बनाउन लक्ष्मी मावि खैरभट्टीमा महायज्ञ

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १५ खैरभट्टीस्थित लक्ष्मी माध्यामिक विद्यालयमा बिहीबारदेखि महालक्ष्मी धार्मिक तथा शैक्षिक ज्ञान विज्ञान महोत्सव सुरु हुन लागेको छ । विद्यालयले गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्तिका लागि अक्षय कोष स्थापना गर्न सात दिने महायज्ञ आयोजना गरेको हो ।

dirghayi clinic

विद्यालयले बुधबार विद्यालयमा पत्रकार सम्मेलन गरी महायज्ञबारे जानकारी दिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र सिह साउदले कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुको छात्रबृत्तिका लागि अक्षय कोष स्थापना गर्न महायज्ञ गरिएको बताए ।

महायज्ञका लागि अध्यक्ष साउँदको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । महोत्सवमा उद्घाटनमा कलश यात्रा, कथा वाचन, दादा सम्मान, आरती, योग विज्ञान शिबिर, विवाह, ब्रतबन्द सहितका संस्कार हुनेछन ।

विश्वहिन्दु महासंघ अन्र्तराष्ट्रिय प्रभारी हरिशरण महराज सहितले प्रबचन दिने कार्यक्रम छ । पत्रकार सम्मेलनमा लक्ष्मी माध्यामिक विद्यालयका प्रधानाध्यापक प्रकाश बहादुर चन्दले विद्यालयको पठन पाठन प्रभावित नहुने गरी ज्ञान विज्ञान महोयज्ञ गरिएको बताए ।
कार्यक्रममा घटाल माविका पूर्व शिक्षक शिक्षक नरेन्द्र भण्डारी, विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य गोबिन्द नाथ(महाराज), विद्यालयका पूर्व अध्यक्ष उत्तम साउँद लगाउत सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...