ghar sansar

राससकर्मी ओझा सम्मानित

little buddha academy
khasi

मीन ठकुरी
धनगढी । राष्ट्रिय समाचार समिती (रासस) ले उत्कृष्ट जिल्ला समाचारदाताको रुपमा कैलालीका तिलकराज ओझालाई बुधबार सम्मान गरेको छ ।

राष्ट्रिय समाचार समिती (रासस) को ६४ औँ वार्षिकोत्सवका अवसरमा धनगढीमा आयोजित ‘सुशासन र समृद्धिका लागि रासस’ विषयक अन्तरक्रिया कार्यक्रममा विगत ११ बर्षदेखी राससमा कार्यरत ओझालाई सम्मान गरेको हो । कैलाली डेटलाईनमा कार्यरत ओझालाई सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिं सार्कीले २० हजार नगद र प्रमाणपत्र सहित सम्मान गरे ।

dirghayi clinic

सोही अवसरमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिं सार्कीले रासस प्रतिको जनविश्वास पहिले देखी अहिलेसम्म यथावत् रहेको बताए । राससको समाचार सेवा उत्कृष्ट रहेको मन्त्री सार्कीको भनाई छ । मन्त्री सार्कीले देशलाई समृद्ध बनाउन पत्रकारिता जगतको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

उनले भने, ‘राज्यको चौथो अङ्गको रुपमा लिइएको पत्रकारितामा ठूलो शक्ति हुने भएकाले सही ढङ्गले कलम चलाएमा देशको समृद्धिमा सहयोग पुग्ने छ ।”

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव वसन्तप्रसाद कोइराला, जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशी, नेपाल पत्रकार महासङ्घका प्रदेश अध्यक्ष भरतबहादुर शाह, पत्रकार महासंघ कैलालीका निर्वमान अध्यक्ष हिमाल जोशीले राससको समाचार प्रति प्रशंसा व्यक्त गरे ।

Himal dental
सम्बन्धित
Loading...