

महेन्द्रनगर । प्रहरी चौकी परासनले पुनर्वास नगरपालिका ११ ११ डोके बजारबाट लागु औषधि सहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बेदकोट नगरपालिका १ का केशब बहादुर बिष्टलाई २ ग्राम ५ सय ३० मिलिग्राम लागु औषध चरेश सहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी जमुना जोशीले विष्टले लुकाई छिपाई राखेको अवस्थामा चरेश बरामद गरिएको जानकारी दिइन् । उनलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भई रहेको छ ।
