

महेन्द्रनगर । महेन्द्रनगर जेसिजका दुई पूर्व अध्यक्ष नेपाल जेसिजको सल्लाहकार मनोनयन गरिएका छन् ।

महेन्द्रनगर जेसिज वर्ष २००२ का अध्यक्ष हरिश थापा र वर्ष २०१७ का अध्यक्ष पवनचन्द्र लेखक सल्लाहकार मनोनित गरिएका हुन् ।

नेपाल जेसिजका अध्यक्ष रजनी थापाले दुबै जनालाई सल्लाहकार गरिएको पत्र मार्फत जानकारी गराएकी छन् ।
