ghar sansar

कञ्चनपुर उद्योग बाणिज्य संघलाई किन लाग्यो दामोदर भण्डारीको यति मोह

little buddha academy
khasi

महेन्द्रनगर । खुला मञ्चमा फागुन १२ गतदेखि सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुन लागेको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले महोत्सव उद्घाटन गर्ने भएका छन् । आफ्नै निर्वाचन क्षेत्रको महोत्सवमा गृहमन्त्री रमेश लेखक सहभागी हुने छैनन् ।

तीन वर्ष अघि भने गृहमन्त्री लेखक र मन्त्री भण्डारी महोत्सव उद्घाटन कार्यक्रममा सहभागी भएका थिए । पूर्व प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महोत्सव उद्घाटन गरेका थिए ।
दाहालले उद्घाटन गरेको महोत्सवमा भण्डारीले आफ्नो अपमान गरिएको भन्दै मायाको चिनो र खादा मञ्चमा छाडेर निस्किएका थिए । दाहालले गृहमन्त्री लेखकको प्रशंसा गरेका थिए ।

,orning glory badhai

त्यति बेला काँग्रेस र माओवादी केन्द्रको सरकार थियो । साँसदको हैसियतामा कार्यक्रममा सहभागी लेखकलाई प्रमुख अतिथि दाहाल पछिको दोस्रो वरियतामा राखेपछि मन्त्री भण्डारी आक्रोशित भएका थिए । अहिले काँग्रेस एमाले सरकारमा हुँदा मन्त्री भण्डारी प्रमुख अतिथि हुन लागेका छन् । कार्यक्रममा गृहमन्त्री लेखक सहभागी नहुने निश्चित भएको छ ।

कञ्चनपुर उद्योग बाणिज्य संघले महोत्सवबारे जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले प्रमुख अतिथिको विवादबारे प्रश्न गरेका थिए । संघका अध्यक्ष पिताम्बर जोशीले प्रमुख अतिथिमा विवाद नभएको जवाफ दिएका थिए । उनले संसदबाट अध्यादेश पारित गर्नु पर्ने लगायतका कारण गृहमन्त्री लेखकलाई कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी गराएका थिए ।

संघ स्रोतका अनुसार महोत्सव उद्घाटनका लागि प्रमुख अतिथिमा संघमा विवाद भएको थियो । प्रमुख अतिथिमा मन्त्री भण्डारी सहित गृहमन्त्री लेखक, पूर्व उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको नाम पनि प्रमुख अतिथिका लागि छलफल गरिएको थियो । संघले अन्तिममा विवाद हल गर्दै उद्योग मन्त्री भण्डारीलाई प्रमुख अतिथि बनाउने निर्णय गरेको स्रोतको दावी छ ।

मन्त्री भण्डारीले संघले देहरादुनमा गर्ने मेलाका लागि एक करोड ७० लाख बजेट दिने भएका छन् । देहरादुन मेलाका लागि दिने बजेटका आधारमा भण्डारीलाई प्रमुख अतिथि बनाउने सहमति जुटेको बताइन्छ । संघ पदाधिकारीले भण्डारीलाई प्रमुख अतिथि बनाउने कारण जानकराी गराएको स्रोतको दावी छ । आफ्नै निर्वाचन क्षेत्रको कार्यक्रममा सहभागी हुन नसकेपछि गृहमन्त्री लेखक भड्किने चिन्ता संघका पदाधिकारीहरुमा थियो ।

उद्योग बाणिज्य संघ अध्यक्ष पिताम्बर जोशी २०७९ को निर्वाचनमा गृहमन्त्री लेखकको निर्वाचन क्षेत्रबाट प्रदेश सभा सदस्य चुनाव लडे । काँग्रेस महाधिवेशन प्रतिनिधि चुनाव लडेका उनी प्रदेश सभा सदस्य चुनाव लडेपछि उनलाई काँग्रेसले कारवाही गरेको थियो ।

dirghayi clinic

संघको वरिष्ठ उपाध्यक्ष दिनेश मल्ल, उपाध्यक्षहरु सुरेश गुरुङ्ग, धर्म सिह रावल, महासचिव खगेश्वर बोहरा, कोषाध्यक्ष चेतराज जोशी, सचिव राहुल भट्ट छन् । उनीहरुमध्ये महासचिव बोहरा बाहेक सबै काँग्रेस समर्थक हुन् । संघका सचिव भट्ट काँग्रेसको भीमदत्त नगर सचिवका सचिव छन् । महासचिव बोहरा भने माओवादी केन्द्र समर्थक हुन् ।

संघका काँग्रेस समर्थकको वर्चश्व भएपछि गृहमन्त्री लेखकलाई प्रमुख अतिथि बनाउन अन्तिम समयसम्म छलफल गरिएको थियो । संघका केही पूर्व अध्यक्षले लेखराज भट्टलाई प्रमुख अतिथि बनाउनु पर्ने सुझाव दिएका थिए ।

गृहमन्त्री लेखक गत महिना एन प्याब्सनको जिल्ला स्तरीय महोत्सव उद्घाटन गर्न खुला मञ्च आएका थिए । त्यसपछि उनी भौतिक पूर्वाधार तथा याताात मन्त्री देबेन्द्र दाहाललाई लिएर महाकाली नदी चार लेन पुल निर्माणका समस्या समाधानका लागि आएका थिए ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट २०५६ देखि तीन पटक निर्वाचित उनले काँग्रेस एमाले सरकारमा शक्तिशाली गृहमन्त्रीको छवि बनाएका छन् । शक्तिशाली भएका बेला आफ्नै निर्वाचन क्षेत्रको महोत्सव उद्घाटन समारोहमा आउन सक्ने भएका छन् ।

‘कृषि, उत्पादन र स्वरोजगार आर्थिक सम्बृद्धिका आधार’ भन्ने नाराका हुने महोत्सवको यो १६ औैँ संस्करण हो । महोत्सवमा ३ सय स्टल राखिने भएका छन् । त्यसमा लघु उद्यम, अटो, कृषि, गार्मोन्टका उत्पादन, वैकल्पिक उर्जा, पर्यटन प्रर्बद्धन, गुणस्तरिय दैनिक उपभोग्य समाग्री, कृषि औजार, सुचना प्रविधि, विद्युतीय समाग्री, शिक्षा, स्वास्थ्य क्षेत्रका सेवाका छन् ।

वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीको संयोजकत्वमा १ सय ५१ मूल आयोजक समिति विस्तार, १६ विषयगत समिति, स्टेरिङ्ग समिति तथा सल्लाहकार समिति गठन गरिएको छ । समितिमा संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्ल सह संयोजक, महासचिव खगेश्वर बोहरा सचिव छन् ।

संघका निर्वतमान अध्यक्ष जंग बहादुर मल्लको संयोजकत्वमा स्वागत तथा सत्कार उपसमिति, उपाध्यक्ष सुरेश गुरुङ्गको संयोजकत्वमा बाल उद्यान, उपाध्यक्ष धर्मसिह रावलको संयोजकत्वमा स्टल बुकिङ्ग, सचिव राहुल भट्टको संयोजकत्वमा साँस्कृतिक उप समिति, कोषाध्यक्ष चेकराज जोशीको संयोजकत्वका आर्थिक, टिकट व्यवस्थापन समिति संयोजकमा सदस्य नरेन्द्र प्रशाद जोशी, सदस्य प्रेम प्रकास पाठको संयोजकत्वमा कृषि तथा पर्यटन प्रर्बद्धन समिति, सदस्य प्रदिप पाल(रदिप आरक्षपीडित)को संयोजकत्वमा प्रंचारप्रसार समिति, सदस्य बिशाल सोनारको संयोजकत्वमा स्टल तथा मञ्च व्यवस्थापन समिति, सदस्य भोजराज अवस्थीको संयोजकत्वमा साउण्ड सिष्टम, सदस्य मिनराज भट्टको संयोजकत्वमा खानेपानी विद्युत सरसफाई उप समिति, सदस्य रामचन्द्र बुडाको संयोजकत्वमा ब्यानर तथा व्यवस्थापन उपसमिति, सदस्य तेज बहादुर चन्दको संयोजकत्वमा थारु गाँउ व्यवस्थापन समिति, सदस्य गोपाल सिह बुढापालको संयोजकत्वमा पार्किङ्ग व्यवस्थापन समिति विस्तार गरिएको छ । महोत्सवको तयारी युद्ध स्तरमा भईरहेको आयोजकले जनाएको छ ।

महोत्सव फागुन २१ गतेसम्म सञ्चालन हुनेछ ।

Himal dental
सम्बन्धित
Loading...