
ग्लोबल एकेडेमीका प्रिन्सिपल योगाचार्य ओझा जीवनका लागि गीता ज्ञान अभियानको केन्द्रीय संयोजन समिति संयोजक चयन

महेन्द्रनगर । ग्लोबल एकेडेमीका प्रिन्सिपल योगाचार्य सुरेन्द्र ओझा जीवनका लागि गीता ज्ञान अभियानको केन्द्रीय संयोजन समितिको केन्द्रीय संयोजक चयन भएका छन् ।
अभियानका संकल्पकर्ता तथा संस्थापक केन्द्रीय संयोजक डा हरिचन्द्र कमलीले अभियानको सह संयोजक रहेका योगाचार्य सुरेन्द्र ओझालाई संयोजकको जिम्मेवारीका लागि प्रस्ताव गरेका थिए ।

अभियानका केन्द्रीय सहसंयोजक सुदिप पौडेल र अन्तराष्ट्रिय सल्लाहकार डा दीर्घराज जोशी लगायत अभियन्ताले समर्थन गरेपछि उनलाई केन्द्रीय संयोजक चयन गरिएको हो ।
ओझा कञ्चनपुर भीमदत्त नगरपालिका १८ का वासिन्दा हुन् । उनले भीमदत्त नगरपालिकाका १९ ओटै वडाका विभिन्न स्थानमा गीता प्रवचन कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
केन्द्रीय संयोजक ओझाले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा अभियानलाई अगाडि बढाउने वताए ।
