

महेन्द्रनगर । नेशनल लाइफ इन्स्यारेन्स कम्पनी लि. को ३८ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाइएको छ । कम्पनीको महेन्द्रनगर शाखाले सो अवसरमा समाज कल्याण अञ्चल बाल अनाथालयका बालबालिकालाई खाना खुवाएको छ ।



यसैगरी महेन्द्रनगर शाखा कार्यालयमा शाखा प्रमुख अमर बहादुर धामीको अध्यक्षता र सिनियर बिजनेस म्यानेजर डम्बर बहादुर बिष्टको प्रमुख आतिथ्यमा शुभ कामना आदानप्रदान कार्यक्रम गरिएको छ । शाखा कार्यालयका कर्मचारी र अभिकर्ताहरु सहभागी कार्यक्रममा केक काटिएको छ । कार्यक्रममा सहभागीहरुले शुभकामना आदानप्रदान गर्दै अन्र्तक्रिया कार्यक्रम समेत गरे ।
