ghar sansar

दोधारा चाँदनीका मेयरले जबरजस्ती बस्तीमै क्रसर खोल्न लागेको भन्दै स्थानीय आन्दोलित, नगरपालिकामा तालाबन्दी गर्ने चेतावनी

khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले जबरजस्ती बस्तीमा क्रसर खोल्न लागेको भन्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरुले क्रसरले स्थानीयको जनजीवज प्रत्यक्ष प्रभावित हुने भन्दै क्रसर खोल्ने कार्य रोक्न माग गरेका छन् ।

dirghayi clinic

स्थानीयले शनिबार दोधारा चाँदनी–३ स्थित क्रसर उद्योग प्रस्तावित क्षेत्रमा पत्रकार सम्मेलन गरी विद्यालय,अस्पताल,गाउँबस्तीको बीचमै क्रसर उद्योग खोल्न लागिएको भन्दै स्थानीयहरूले कडा विरोध जनाएका छन् उनीहरूले उद्योग सञ्चालन हुँदा वातावरणीय प्रदूषण, ध्वनि प्रदूषण, स्वास्थ्य समस्या, र नदीजन्य दोहन बढ्ने चिन्ता व्यक्त गरेका छन् यदि क्रसर उद्योग बारे जनप्रतिनिधिले रोक नलगाए नगरपालिकामा तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।

मेयर लिम्बुले गत जेठमा क्रसर उद्योग सञ्चालनका लागि दुरी प्रमाणित गरी दर्ता प्रक्रिया अघि बढाउन सिफारिश गरेका थिए । त्यसमा प्रस्तावित क्रसर खोलिने जग्गाको कित्ता अर्कैको परेपछि केही फागुन पहिलो साता फेरि अर्को सिफारिश गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...