ghar sansar

राजेन्द्र चन्द : अनाथ बालबालिकाको सेवामा

dirghayu ad

महेन्द्रनगर । नेपालकै अग्रणि जीवन बीमा कम्पनीको नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड महेन्द्रनगरका Chief Business Manager एवम् लगातार दुई दुई पटक सुदरपश्चिम प्रथम हुन सफल तथा MDRT वर्ष २०२५ बाट सम्मानित ब्यक्ति राजेन्द्र बहादुर चन्दले National life Insurance company ltd. को ३८ ओै वार्षिकोत्सबको अवसरमा समाज कल्याण बाल अनाथालयको आजीवन सदस्य भएका छन् ।

चन्दले ११ हजार १सय ११ समाज कल्याण बाल अनाथालयको एन एम बि बैकको खातामा रकम जम्मा गरेका छन् । राजेन्द्र बहादुर चन्द बीमा क्षेत्रको एक परिचित नाम नै हो । उनको परिचय यतिले मात्रै पूरा हँुदैन । उनी सामाजिक अभियन्ता पनि हुन् । उनले नेपालकै विश्व परिचित सम्पदा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लाई प्रमुख पर्यटकिय गन्तब्यका रुपमा पहिचान गराउन “ हाम्रो शुक्लाफाँटा , राम्रो शुक्लाफाँटा – अभियान चलाएका छन् ।

ratnam malkhad

उनकै अभियानलाई साथ दिदै भीमदत्त नगरपालिकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रमुख आकर्षणको केन्द्र बाह्रसिंगा (swamp deer ) लाई नगरको ब्राण्डका रुपमा राख्दै भीमदत्त नगरपालिकाले आफ्नो परिचयमा बाह्रसिंगाको शहर ( CITY OF SWAMP DEER ) भनेर अगाडि सारेको छ।

यस्तै गरि बिगत अढाइ दशकदेखि बन्द महेन्द्रनगर मझगाउँ बिमानस्थल पुनः सञ्चालन अभियानका प्रमुख अभियानकर्मी चन्दको अगुवाइमा सम्पुर्ण कञ्चनपुर जिल्ला बासी, जनप्रतिनिधि उद्योग व्यापारी राजनीति पार्टी समाजसेवी बुद्धिजीवी पत्रकार सबैको सहकार्यमा बिमानस्थल पुनः निर्माण कार्यले गति लिएको छ ।

केही दिन अघि गृहमन्त्री एवम् कञ्चनपुर निर्वाचन क्षेत्र न ३ बाट निर्वाचित सांसद रमेश लेखकले स्थलगत अनुगमन गर्दै निर्माण कार्य सन्तोष जनक रहेको र २०८२ बैशाख १ गते परीक्षण उडान गर्ने गरी निर्माण कार्य सक्काउन निर्माण कम्पनीलाई निर्देशन समेत दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...