ghar sansar

गौरीशंकर आधारभूत विद्यालयको ४१ औ बार्षिकोत्सव

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ३ नौलाखेत तिलकपुरस्थित गौरीशंकर आधारभूत विद्यालयले ४१ औ बार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ । भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीको प्रमुख आतिथ्यमा कार्यक्रम गरी वार्षिकोत्सव दिवस मनाइएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डबल बहादुर सिहको अध्यक्षतामा कार्यक्रम गरियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जगदीश प्रसाद जोशीले प्रतिवेदन प्रस्तुत गरे ।

dirghayi clinic

कार्यक्रममा भीनपा ३ नम्बर वडाका १० जनालाई सम्मान गरिएको छ । यसैगरी उत्कृष्ठ विद्यार्थीलाई पुरकास्र वितरण गरिएको छ।

कार्यक्रममा भीमदत्त नगरपालिका ७ का वडा अध्यक्ष गणेश बहादुर चन्द, भीनपा ३ का वडा सदस्य बीर बहादुर महता लगायतका सहभागी भएका छन् ।

    

Himal dental
सम्बन्धित
Loading...