ghar sansar

खुला मञ्चमा महोत्सव सुरु, एकै मालामुनि बेरिए मन्त्री भण्डारी र सतपाल महाराज

little buddha academy
khasi

महेन्द्रनगर । भारतको उत्तराखण्ड प्रदेशका पर्यटन, सास्कृतिक एवं सिँचाइ मन्त्री सतपाल महाराजले भारतीय नाका भएर यात्राका क्रममा नेपालीहरुलाई सहज वातावरण बनाउन पहल गरिने बताएका छन् ।

सोमबार महेन्द्रनगरमा आयोजित कन्चनपुर पर्यटन महोत्सवमा बोल्दै बिशिस्ट अतिथि समेत रहेका मन्त्री सतपाल महाराजले गड्डाचौकी नाका भएर यात्रा गर्दा नेपालीहरुलाई सास्तीहुने गरेको भन्दै सहजता महसुस गर्ने गरि पहल गरिने बताएका हुन् ।

,orning glory badhai

नेपाल–भारत यात्रा गर्दा साझ सात बजे गेट बन्द हुने गरेको भन्दै मन्त्री सतपालले केही ढिलो समय सम्म गेट खुला गर्न पहल गरिने बताए ।

भारतमा जादा नेपालीहरुले विभिन्न समस्या झेल्नुपरेको , सिमानाका भारतीय एसएसबीले दुःख दिने गरेको , व्यापारीहरुलाई सास्ती हुने गरेको अवस्थामा मन्त्री सतपालले समस्या समाधानका निम्ति पहल गरिने प्रतिवद्द्ता जनाए ।

यस्तै , मन्त्री सतपालले भम्केनी धाममा नेपाल आमाको मुर्ति निर्माणका लागि एक लाख सहयोग गरेका छन् । महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालमा उत्पादित वस्तुहरुलाई विदेश पुगाउन सरकारले पहल गर्ने बताए । मन्त्री भण्डारीले नेपालमा उत्पादन भएका वस्तुहरु विश्व बजारमा पुगाउन नसकेको अवस्थामा सरकारले आगामी दिनमा व्यवसायीहरुको सहजताका लागि दृत गतिमा कदम चाल्ने बताए ।

dirghayi clinic

नेपालको पुजी बजारलाई चलायमान बनाउन सरकारले अद्द्यादेश ल्याएको स्मरण गर्दै मन्त्री भण्डारीले राष्ट्रिय आवस्यकताका आधारमा अर्थतन्त्र चलायमान बनाउनु सरकारको प्रमुख प्राथमिकता रहेको बताए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष पिताम्बर जोशीले यस क्षेत्रको पर्यटन प्रर्वद्द्न गर्न मेलाको आयोजना गरिएको बताए । अध्यक्ष जोशीले व्यवसाय गर्न व्यापारीहरुलाई सहजतापुर्वक वातावरण बनाइदिन पनि सरकार संग आग्रह गरे ।

महोत्सवमा कृषि प्रदर्शनी, अटो पर्दर्शनी, दोहरी, डेउडा, थारु राना नृत्य , नाच प्रतियोगिता, राष्ट्रिय , स्थानीय तथा भारतीय कुमाउनी कलाकारहरुबाट सास्कृतिक कार्यक्रम , डोटेली, थारु तथा रानाहरुका खानाका परिकार तथा नृत्य प्रस्तुत हुने आयोजकले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कन्चनपुर महोत्सवमा दुई सय भन्दा बढी स्टल र २० फुड स्टल छन् ।

महोत्सवमा स्थानीय स्तरमा उत्पादित वस्तुका स्टलहरु निःसुल्क उपलब्ध गराइने उद्योग वाणिज्य संघका अध्यक्ष जोशीले जनाए ।

१० दिन सम्म संचालन हुने मेलामा २ लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा वाणिज्य संघले गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...