ghar sansar

जीवनका लागि गीता ज्ञान अभियान भीमदत्त नगर संयोजकमा मनोज बडु

khasi

महेन्द्रनगर । ग्लोबल एकेडेमी कन्चनपुरमा जीवनका लागि गीता ज्ञान अभियान केन्द्रीय संयोजन समितिका संयोजक योगाचार्य सुरेन्द्र ओझा र गीता ज्ञान अभियन्ताहरूको उपस्थिति रहेको एक भेलाले सार्क स्कुलका योग शिक्षक मनोज बडुको संयोजकत्वमा जीवनका लागि ज्ञान अभियान भिमदत्तनगर संयोजन समिति गठन गरेको छ ।

अभियानका नगर संयोजक मनोज बडुले योगलाई भिमदत्तनगर पालिकामा जनस्तरमा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । संयोजक बडु पतन्जलि योग समिति भिमदत्तनगरका प्रशिक्षण विभाग प्रमुख पनि छन् ।

ratnam

उनले आफ्ना लेख रचनाहरू मार्फत योगको प्रचारप्रसारमा प्रसंशनीय भूमिका खेल्दै आएका छन् । भीमदत्त नगर संयोजन समितिको सहसंयोजकमा गीता अनुरागी सुरज पन्त चयन भएका छन् भने सल्लाहकारमा ग्लोबल एकेडेमी प्राइमरी लेभल ईन्चार्ज निर्मला भट्ट बोहरा मनोनित भएका छन् ।

dirghayi clinic

सह संयोजक सुरज पन्त एक वर्षदेखि गीता दर्शन जीवन दर्शन कार्यक्रम सन्चालनमा निकै अहम् भूमिका खेल्दै आएका छन् । उनी राम्रो सम्भावना बोकेको कवि एवं उद्घोषक पनि हुन् ।

ग्लोबल एकेडेमीका एसइई टपर सुरज पन्त हाल सार्क कलेजमा अध्यनरत छन् । सल्लाहकारमा निर्मला भट्ट बोहरा भिमदत्त नगरका १९ वटा वडामा सन्चालन भइरहेको गीता दर्शन जीवन दर्शन कार्यक्रम मार्फत गीता ज्ञान प्रचार प्रसारमा सक्रिय रहँदै आएका छन् ।

गीता ज्ञान अभियानका संकल्पकर्ता तथा संस्थापक केन्द्रीय संयोजक डा. हरिचन्द्र कमलीको मार्ग दर्शनमा एक वर्षदेखि सञ्चालनमा रहेको यस अभियानका ७ वटै प्रदेशमा संयोजन समिति गठन भएका छन् ।

जिल्ला र नगर संयोजन समिति तीव्र रुपमा गठन हुँदै आएका छन् । विश्वका कतिपय देशहरूमा संयोजकहरू चयन भएका छन् । संयोजन समिति घोषणा कार्यक्रममा नगर संयोजक बडुले चककाडै भिमदत्त नगरका १९ वटै वडाहरूमा वडा संयोजन समिति गठन गरिनुका साथसाथै विभिन्न स्कुल कलेजहरूमा गीता प्रवचन कार्यक्रम आयोजना गरिने जानकारी दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...