ghar sansar

नेपाल शिक्षक महासङ्घ शुक्लाफाँटा नगर समितिद्वारा नगरपालिकालाई ज्ञापन पत्र

khasi

महेन्द्रनगर । नेपाल शिक्षक महासङ्घ शुक्लाफाँटा नगर समितिले विभिन्न ११ बुदे माग सहित नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । संघले शिक्षा ऐन हालसम्म पनि २०२८ कै आधारमा शिक्षा सञ्चालन हुनु निकै दुःखदपूर्ण विषय ठहर गरेको छ ।

पछिल्लो पटक यस नगरपालिकाले सरोकारवाला पक्षसँग कुनै छलफल नगरी नगरभरिका शिक्षकहरुमा ५ वर्षे सरुवाका गर्ने सूचना जारी गरेको, जसको विषयमा आफुहरु संग कुनै छलफल नगरेको भन्दै शिक्षक महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

ratnam
dirghayi clinic

नगर भित्रका शिक्षक कर्मचारीको हकहित र अधिकारका लागि फागुन ११ गते बसेको नेपाल शिक्षक महासंघ शुक्लाफाँटा नगरसमितिको बैठकले विभिन्न १६ बुदे मागहरु राखेको जनाइएको छ ।

महासंघले शिक्षक, कर्मचारी विद्यार्थीसँग प्रत्यक्ष सरोकार राख्ने संस्था नेपाल शिक्षक महासंघलाई नगरपालिका, नगरकार्यपालिकाको कार्यालयबाट दरबन्दी मिलान तथा पुर्नवितरण कार्यदलमा र नगरशिक्षा समितिमा प्रतिनिधित्व गराइनु पर्ने , बाल विकास शिक्षकहरुले हालसम्म पनि संघीय सरकारले स्थानीय तहमार्फत मासिक तलब १७०००÷– (अक्षरेपी रु. सत्र हजार) का दरले उपलब्ध गराउनुपर्नेमा रु. १५०००÷(अक्षेरेपी पन्ध्र हजार मात्र) उपलब्ध भईराखेकोमा यथाशिघ्र निज शिक्षकहरुलाई हालसम्म हुन आउने सम्पूर्ण रकम र अब उपरान्त मासिक रुपमा १७००० नघट्ने गरी व्यवस्थापन  गरिनुपर्ने , नगर शिक्षा समिति यथाशीघ्र गठन गरिनु पर्ने , शिक्षामा नवीनतम प्रणाली सहित व्यापक सुधारका लागि कम्तिमा ५ जना आइटी विज्ञ शिक्षकहरुको विशेष समिति गठन गरिनु पर्ने , नि. प्र.अ. को समेत जिम्मा लिने गरी पठाइएका स्थायी शिक्षकहरुको यथाशीघ्र पदस्थापन गरिनुपर्ने , तहगत प्र.अ. व्यवस्थापनका नाममा स्थायी शिक्षकहरुलाई विद्यालय समेत छनौट गर्ने अवसर नदिइएकोमा, शिक्षकको शिक्षा ऐन, नियमावली बमोजिमको प्रजातान्त्रिक अधिकारको अवसर प्रदान गरिनुपर्ने, नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नीति अनुसार शिक्षक कर्मचारीहरुको त.भ. मासिक रुपमा निकासा हुने प्रबन्ध यथाशीघ्र गरिनुपर्ने, सरोकारवाला पक्षहरुसँग बृहत छलफल तथा अन्तरक्रिया समन्वयको माध्यमबाट नगरभित्रको समग्र शैक्षिक क्षेत्रको सर्वागिण विकासका लागि अनुकूल वातावरण निर्माण गरिनु पर्ने, शुक्लाफाँटा नगरपालिका, नगरकार्यपालिका कार्यालय झलारीको मिति माघ २७ को सूचना सार्वजनिक गरिएकोमा सम्पूर्ण शिक्षकहरुमा त्रासदीपूर्ण वातावरण सिर्जना भइराखेकोले यस विषयमा नेपाल शिक्षक महासंघका पदाधिकारी एवम् शुक्लाफांटा नगरपालिकामा क्रियाशील सम्पूर्ण घटकहरुसँग छलफल गर्ने वातावरण यथाशीघ्र गरिनुपर्ने , संघीय अनुदानका शिक्षकहरुलाई आगामी दिनमा अप्ठ्यारो नपर्ने गरी व्यवस्थापन गरिनुपर्ने , पालिका अनुदान शिक्षकलाई समय सापेक्ष तलव भत्ताको व्यवस्थापन गरिनुपर्ने , बालविकास शिक्षकहरुलाई समय सापेक्ष कम्तीमा ३ महिनाको विशेष तालिम प्रदान गरी कक्षा कोठामा कम्तीमा ३–४ लाख बराबरको ल्याव सहित सामूदायिक शिक्षा सवलिकरण गर्न विशेष योजना निर्माण गरिनुपर्ने , प्रत्येक विद्यालयमा १ जना स्टाफ नर्स, १ जना खेल शिक्षक र सुरक्षा गार्डको प्रबन्ध गरिनुपर्ने , कक्षा ३ र कक्षा ५ मा समेत पालिका स्तरीय वोर्ड परीक्षा विधि अवलम्बन गरिनुपर्ने , अनुदानमा कार्यरत सबै प्रकृतिका शिक्षकहरुको अटुट सेवा र संचित विदाको अभिलेखिकरण अनिवार्य रुपमा गरिनुपर्ने माग सहित सोमवार नगरपालिका लाई ज्ञापन पत्र बुझाइएको महासंघका सचिब राजेन्द्र बहादुर ऐरले बताए ।

साथै, उक्त मागहरु माग ५ दिन भित्र सम्बोधन नगरिए नेपाल शिक्षक महासंघ शुक्लाफाँटा नगरपालिका आन्दोलनमा होमिन बाध्य हुने र आन्दोलन मार्फत उत्पन्न हुने सम्पूर्ण क्षतिको जिम्मेवार समेत शुक्लाफाँटा नगरपालिका नै हुने चेतावनी दिइएको छ ।

Himal dental
सम्बन्धित
Loading...