ghar sansar

भूमि समस्या समाधानमा सहयोग गर्ने पालिका प्रमुखको प्रतिवद्धता

khasi

महेन्द्रनगर । कञ्चनपुरका पालिका प्रमुखहरुले भुमि सम्बन्धि समस्या समाधान गर्न सहयोग गर्ने प्रतिवता जनाएका छन् । भूमि समाधान आयोग जिल्ला समिति कन्चनपुरले आयोगले जिल्ला स्थित पालिका प्रमुखहरु संग भुमि सम्बन्धि समस्या समाधानका लागि छलफल कार्यक्रममा सहभागी प्रमुखले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

भुमिहिनहरुको पहिचान देखि लिएर प्रमाणीकरण गर्ने कार्यस्थानीयतह हरुको रहेकाले पालिका प्रमुखहरुलाई वास्तविक भुमिहिनहरुलाई नछुटाउन सहभागीहरुले आग्रह गरेका छन् ।

ratnam

कुनै अवस्थामा भने भुमिहिनहरुले जग्गा वितरणमा समस्या हुने आयोग कंचनपुरका अध्यक्ष नेत्र प्रकाश पन्तले जनाए । धार्मिक, सास्कृतिक, नदि खोला नहर , निकुञ्ज तथा सरक्षित जमिनमा बसेको भए त्यहाको जमिन नपाइने व्यवस्था रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले बेदकोट नगरपालिकामा १९ सय हेक्टर बढी जग्गा नापजाँचको कार्य भएको बताए । उनले अझै केहि वडाको जग्गा नापजाँचको कार्य बाकी रहेको बताए । बेदकोटमा ९ हजार ५३२ जना भुमिहिन , अव्यवस्थित बसोबासी रहेका छन् ।

स्थानीय सेवा केन्द्र बेदकोटका संयोजक केशव दत्त भट्टले नगरपालिकामा जग्गा नापीको कार्य लगभग अन्तिम चरणमा पुगेकाले भुमिहिन हरुले छिट्टै जग्गा पाउनुपर्ने बताए ।

शुक्लाफाटा नगरपालिकाका मेयर रण बहादुर महराले शुक्लाफाटामा ११ हजार ८३६ जना भुमिहिन , अव्यवस्थित बसोबासी रहेका बताए ।

स्थानीयतहको जिम्मेवारी पुर्ण रुपमा पूरा गर्ने प्रतिवद्द्ता जनाउदै यसमा नापी र भुमी आयोग जिम्मेवार हुनु पर्ने बताए । यस आयोगलाई अन्तिम आयोग बन्न मेयर महराले जोड दिए ।

२०७७ माघ देखी नापीको कार्य सुरु भएकोमा अहिलेसम्म २ करोड ४७ लाख खर्च भएको पनि उनले बताए । यस्तै, बेलौरी नगरपालिकामा ५ हजार ६०६ भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेका छन् ।

dirghayi clinic

यस्तै कृष्णपुर नगरपालिकामा १६ हजार १२५ भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी छन् । बेलडाँडीमा ४ हजार ७५५ जना भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेका छन् ।

यस्तै, पुनर्वास नगरपालिकामा ८ हजार ४०६ जना भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेका छन् ।

लामो समयदेखी जिल्लामा भुमी सम्बन्धि समस्या जगडीएर बसेकाले भुमिहिनका समस्या समाधान गरिनुपर्नेमा कार्यक्रममा सहभागीहरुले जोड दिए ।

नेकपा एमालेका जिल्ला अध्यक्ष लक्ष्मी बुढाले पटकपटक भुमी आयोग बन्ने गरेकाले भुमी समस्या समाधान गरेर अगाडि बढ्नु पर्ने बताइन् ।

नेपाली काङ्ग्रेसका नेता भिमराज भट्टले आयोगले समयमै भुमिहिनहरुका हातमा लालपुर्जा पुगाउन अनुरोध गरे ।

कार्यक्रममा बोल्दै निडस नेपालका भवराज रेग्मीले समयमै भुमिहिनहरुका समस्या समाधान गर्न सम्बन्धित निकायलाई आग्रह गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले आयोगले तोकिएको जिम्मेवारी पूरा गर्ने प्रतिवद्द्ता जनाए । समितिलाई आवस्यक पर्ने जनशक्ति उपलब्ध गराउने उनले प्रतिवद्द्ता जनाए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री  वीर बहादुर थापाले भुमि समस्या समाधान गर्न सबै तह तप्काबाट इमानदारी पुर्वक लाग्नुपर्ने र प्रदेश सरकारले आवस्यक सहयोग गर्ने प्रतिवद्द्ता जनाए ।

भुमिहिनहरुलाई ग्रामीण क्षेत्रमा एक कट्टा (३४० बर्ग मिटर) र ग्रामीण भेगमा ७.७ धुर ( १३० वर्ग मिटर) जग्गा दिनुपर्ने सरकारले ऐनमा व्यवस्था गरेको छ ।

जिल्लामा हाल सम्म ७२ हजार ९ सय ३० जना भुमिहीन सुकुम्बासी रहेका छन् । कार्यक्रममा सहभागीहरुले यस आयोगलाई अन्तिम आयोग बन्न पनि आग्रह गरे ।

Himal dental
सम्बन्धित
Loading...