ghar sansar

दोधारा चाँदनीमा एमालेको दुई दिने प्रशिक्षण सुरु

khasi

महेन्द्रनगर । दोधारा चाँदनीमा नेकपा एमालेको दुई दिने पालिका स्तरिय प्रशिक्षण शुरु भएको छ । नेकपा एमाले जिल्ला पार्टी स्कुल विभागले प्रशिक्षण सुरु गरेको छ ।

एमाले पोलिटब्युरो सदस्य एबम् सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलले प्रशिक्षण उद्घाटन गरे । एमाले दोधारा चाँदनी नगर अध्यक्ष गणेश भाटको अध्यक्षतामा गरिएको कार्यक्रममा रावल प्रमुख अतिथि थिए ।

ratnam
dirghayi clinic

प्रशिक्षण कार्यक्रम अन्र्तगत पहिलो दिन एमाले सुदूरपश्चिम प्रदेश कमिटी उप सचिव नर बहादुर बिक , जिल्ला उपाध्यक्ष जनकराज अवस्थी, सचिव पल्लवराज भट्ट , उपसचिव राजिव खडका लगायतले विभिन्न विषयमा प्रशिक्षण दिए ।

  

Himal dental
सम्बन्धित
Loading...