ghar sansar

शान्ति निकेतनको ५५ औं वार्षिकोत्सव

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ स्थित शान्ति निकेतन माध्यमिक विद्यालयले ५५ औ वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ ।

सुदूरपश्चिम सरकारका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलको प्रमुख आतिथ्यमा कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम दत्त भट्टको अध्यक्षतामा कार्यक्रम गरिएको छ ।

dirghayi clinic

विद्यालयका प्रधानाध्यापक पुष्पराज ओझाले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुति गरे ।

कार्यक्रममा कार्यक्रममा भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी, उप मेयर निलम लेखक जोशी, भीनपा ६ का वडा अध्यक्ष प्रकाश चन्द, निवर्तमान वडा अध्यक्ष हरक सिह धामी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष कर्ण बहादुर चन्द लगायत जनप्रतिनिधि, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक सहभागी भए ।

 

Himal dental
सम्बन्धित
Loading...