ghar sansar

भीमदत्तको स्वास्थ्य शाखाले ११ नम्बर वडाका स्वास्थ्य प्रमुखलाई नै बस्न दिएन खोप सम्बन्धि तालिममा

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाको स्वास्थ्य शाखाले तालिममा बस्न नदिएपछि एक स्वास्थ कर्मचारी वडा कार्र्यालय फर्किएका छन् । स्वास्थ्य शाखाले सञ्चालन गरेको खोप सम्बन्धि तालिममा भीमदत्त नगरपालिका ११ मा कार्यरत स्वास्थ्यकर्मी नर बहादुर टमटालाई बस्न नदिएको हो । तालिममा बस्न नदिएपछि उनी नगरपालिकाबाट वडा फर्किएका छन् ।

वडा कार्यालयमा पुगेर उनले यसबारे वडा अध्यक्ष प्रकाश थापालाई जानकारी गराएका छन् । भीमदत्त नगरपालिकाका सभा कक्षमा आइतबारदेखि दुई दिने खोप सञ्चालन गरिएको थियो ।

ratnam

घरायशी समस्याका कारण आइतबार सहभागी हुन नसकेका टमटा सोमबार तालिम हल पुगेका थिए । तालिम हलमा स्वास्थ्य शाखाका कर्मचारीले विवाद गरेपछि उनी हलबाट बाहिर निस्केर वडा फर्किएका छन् ।

‘हिजो मेरो घरमा समस्या थियो, औषधि लिन बाहिर गए, त्यसैले सहभागी हुन सकेन, आज तालिमका लागि नगरपालिका गएको थिए, विवाद गरेपछि म बाहिर निस्केर आए’ उनले भने ।

dirghayi clinic

नगरपालिकामा खोप सञ्चालनका लागि सबै वडाका दुई दुई जना स्वास्थ्यकर्मीका लागि तालिम सञ्चालन गरिएको छ । तालिममा ११ नम्बर वडाका टमटा बाहेक अन्य सहभागी भएका छन् ।

टमटा भीमदत्त नगरपालिकामा लामो समयदेखि कार्यरत छन् । उनले तालिम सभा कक्षमा आफूमाथि अपमानित व्यवहार गरिएछि बाहिर निस्केको बताए । ‘त्यो व्यवहार म सहेर त्यहाँ बस्ने अवस्था भएन’ उनले भने ।

भीमदत्तको स्वास्थ्य शाखा प्रमुख नरेन्द्र राज जोशीले केही दिन अघि अनिवार्य अवकाश लिएका थिए । उनी अवकाश भएको केही दिनमै स्वास्थ्यका कर्मचारीमा विवाद बाहिर आएको छ ।

टमटाले तालिममा बस्न नदिएर स्वास्थ्य शाखाले ११ नम्बरको खोप कार्यक्रम बिथोल्ने खोजेको बताए । ‘म यहाँको इन्चार्ज हँु, मलाई अब तालिममै बस्न दिएन, यसले भोलि खोप लगाउन समस्या हुन्छ’ उनले भने ।

भीनपा ११ का वडा अध्यक्ष प्रकाश थापाले आफूले यसबारे स्वास्थ्य शाखाका कर्मचारीसित कुरा गर्ने बताए ।

Himal dental
सम्बन्धित
Loading...