

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ८ का वडा अध्यक्ष ओम प्रकाश रोकायाले स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । मंगलबार आधारभूत स्वास्थ्य केन्द्रलाई ४ हजार ५ सय सय ट्यापटेल हस्तान्तरण गरिएको छ ।
वडा अध्यक्ष रोकायाले सवस्थ्य केन्द्र प्रमुख शिवराज बुढालाई सामाग्री हस्तान्तरण गरे ।



लक्षित जनसख्यालाई असार मसान्तसम्म पुग्ने गरी औषधि हस्तान्तण गरिएको वडा अध्यक्ष रोकायाले बताए । ‘भावी पिढीहरु क्याल्सियम कमिले मात्र अस्वस्थ नहुन् भन्ने लक्ष्य राखेर यो योजना बनाईएको छ’ उनले भने, ‘आफ्नो कार्यकाल रहँुन्जेल स्वास्थ्य र शिक्षा क्षेत्रमा केही योजना बनाएर काम गर्छु ।’
