

महेन्द्रनगर । तलब नपाएको भन्दै शुक्लाफाँटा नगरपालिका ८ स्थित सिद्धनाथ माध्यमिक विद्यालयमा तालाबन्दी गरिएको छ । शुक्लाफाँटा नगरपालिका–८ मा रहेको उक्त विद्यालयका शिक्षकहरूले लामो समयदेखि तलब नपाएको भन्दै प्रशासनमा तालाबन्दी गरेका हुन ।

बुधवार विद्यालयमा कार्यरत शिक्षहरुले विद्यालयको प्रशासनिक भवनमा तालाबन्दी गरेका थिए । निजी स्रोतका शिक्षकहरूले तलब नपाएको भन्दै विद्यालय प्रशासनमा तालाबन्दी गरेको शिक्षक गोविन्द ढाँटले बताए ।
उनका अनुसार विद्यालयमा कार्यरत ४ जना शिक्षकले ४÷५ महिनादेखि तलब पाएका छैन, तलब नपाएको विषयमा विद्यालय प्रशासन र निजी स्रोतका शिक्षकहरूबिच छलफल भइरहेको प्रधानाध्यापक राजेन्द्र पाण्डेयले बताए ।

