ghar sansar

हत्या आरोपमा फरार गृहमन्त्री लेखकको गृह नगरका काँग्रेस नेता पक्राउ

khasi

महेन्द्रनगर । हत्या अभियोग लागेपछि फरार काँग्रेस कञ्चनपुरका नेता काठमाडौंबाट पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा फरार काँग्रेस कञ्चनपुर जिल्ला कार्य समिति सदस्य उद्धब बोहरालाई काठमाडांंैमा पक्राउ गरिएको छ ।

बोहरा बेदकोट नगरपालिका–१ का हुन् । ३४ वर्षीय बोहरा काँग्रेसको १४ औं महाधिवेशनमा सबैभन्दा कम उमेरमा जिल्ला सदस्य निर्वाचित भएका थिए ।

ratnam

उनलाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए ।

dirghayi clinic

अनुुसार बोहरालाई काठमाडौंबाट पक्राउ गरेर कञ्चनपुर ल्याइएको छ । बोहरामाथि बेदकोटका हर्क बहादुर खडायतको हत्या गरेको आरोप छ ।

एसपी जोशीका अनुसार बोहरा सहितको समूहले २८ कात्तिक २०८० मा वेदकोट नगरपालिका–१ हात्तीथलामा देउसी–भैलो हेरेर फर्किरहेका बेला खडायतलाई घेरा हालेर कुटपिट गरेका थिए । तत्कालीन समयमा पाँच जना विरुद्ध कर्तव्य ज्यान उद्योग शीर्षकमा मुद्दा दर्ता भएको थियो ।

तर, खडायतको उपचारका क्रममा १० पुस २०८० मा मृत्यु भएपछि भने कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरिएको थियो । बोहरा पक्राउ परेपनि उक्त मुद्दामा अन्य चार जना अझै फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

काँग्रेस केन्द्रीय सदस्य रमेश लेखक गृहमन्त्री छन् । बोहरा लेखकको गृह नगर बेदकोटका २ का वासिन्दा हुन् । गृह मन्त्री लेखकको घर बेदकोट नगरपालिका ८ मा हो ।

बेदकोट ८ सहितको कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट लेखक २०७९ को आम निर्वाचनमा साँसद भएका हुन् ।

Himal dental
सम्बन्धित
Loading...