ghar sansar

जगन्नाथ स्वामी महिला बचत तथा ऋण सहकारीले मनायो १३ औं स्थापना दिवस, वृद्धाश्रममा फलफूल वितरण

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ स्थित जगन्नाथ स्वामी महिला बचत तथा ऋण सहकारी संस्थाले १३ औं स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसमा बिहीबार विहान भीमदत्त नगरपालिका ५ वनखेतस्थित महिला तथा वृद्ध सेवा केन्द्रमा कार्यक्रम गरी फलफूल, जुस र बिस्कुट वितरण गरिएको छ ।

dirghayi clinic

कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष डम्मरी ठगुन्ना विष्ट सहित सहकारीका पदाधिकारी, सल्लाहकार राजेश्वरी बम, लेखा सुपरिवेक्षण समितिका संयोजक शर्मिला सिह शाही, व्यवस्थापक सबिता चन्द शाह, सह व्यवस्थापक निर्मला रावल लगायतका सहभागी भएका छन् ।

जगन्नाथ स्वामी महिला महिलाहरुले सञ्चालन गरेको सहकारी हो । सहकारीमा झण्डै दुई हजार शेयर सदस्य छन् । सहकारीले सात करोडको कारोबार गर्दै आएको व्यवस्थापक सविता चन्द शाहले बताइन् ।

सहकारीले १३ औं वार्षिक साधारण सभा गरि सकेको छ । सहकारीले पहिलो पटक स्थापना दिवस मनाएको र आगामी दिनमा यसलाई निरन्तरता दिइने व्यवस्थापक शाहले बताइन् ।

 

Himal dental
सम्बन्धित
Loading...