ghar sansar

भीमदत्त १७ नम्बर वडाले १० जनालाई दियो ब्याण्ड बाजा बनाउने तालिम

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. १७ मा सञ्चालन गरिएको तीन महिने ब्याण्ड बाजा बजाउने सीप मुलक तालिम सकिएको छ । वडाभित्रका युवालाई लक्षित गरी वडाको वार्षिक नीति तथा कार्यक्रम अनुसार तालिम सञ्चालन गरिएको थियो ।

शनिबार वडा कार्यालयमा औपचारिक कार्यक्रम गरी तालिम समापन गरिएको छ । समापनमा तालिममा सहभागीलाई सामाग्री हस्तान्तरण गरिएको छ ।

ratnam

dirghayi clinic

भीमदत्त नगरपालिका १७ का वडा अध्यक्ष पदम बुढाले वडाभित्रका कमजोर आर्थिक अवस्था भएका समुदायलाई मध्यनजर गरी तालिम सञ्चालन गरिएको बताए ।

‘यो सीप मुलक तालिम हो, यसबाट बेरोजगारी केही हदसमम्म कम हुने अपेक्षा गरिएको छ, सहभागीहरुको आयआर्जन जीविकोपार्जन टेवा पुग्ने विश्वास लिएका छौ’ उनले भने ।

वडा कार्यालयका अनुसार १० जनाले तालिम लिएका छन् । तालिम समापनमा सहभागीहरुले तालिमबाट सिकेको सीप सदुपयोग गर्ने बताए ।

  

Himal dental
सम्बन्धित
Loading...