ghar sansar

भगतपुरको शिव ज्ञानेश्वर आधारभूत विद्यालयको जग्गा कब्जा गरी योग भवन बनाइदै, भीमदत्तले दियो भवन बनाउन बजेट

विद्यालयभित्रै थुन्ने धम्कीपछि प्रधानाध्यापक तनावमा

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ भगतपुरस्थित शिव ज्ञानेश्वर आधारभूत विद्यालयको जग्गामा जबरजस्ती योग भवन बनाउन थालिएपछि विवाद उब्जिएको छ । भीमदत्त नगरपालिकाले चालु आर्थिक वर्षमा अधुरो योग भवन निर्माणका लागि विनियोजन गरेको बजेट अनुसार निर्माण कार्य अघि बढाउन खोजेपछि विवाद देखिएको छ ।

नगरपालिकाले यस वर्ष अधुरो योग भवनका लागि दुई लाख बजेट विनियोजन गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिह थापा संविधान सभा सदस्य हुँदा विद्यालयको पूर्जावाला जग्गामा जबरजस्ती योग भवन निर्माण कार्य सुरु गरिएको थियो ।

काँग्रेस नेता थापा २०७० मा तत्कालिन कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट संविधान सदस्य निर्वाचित भएका थिए । त्यसपछि उनले बजेट दिएपछि विद्यालय परिसरमा योग भवन निर्माण गरिएको थियो ।

अहिले थापा कञ्चनपुर निर्वाचन क्षेत्र नं. २(ख) बाट निर्वाचित भएर सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री छन् । अहिले भीमदत्त नगरपालिकाले त्यहीं अधुरो भवन निर्माणका लागि बजेट दिएर निर्माण कार्य अघि बढाउन खोजेपछि विवाद चर्किएको छ ।

विद्यालय प्रशासनले आफ्नो जग्गामा योग भवन निर्माण गर्न नदिने अडान राखेको छ । विद्यालयका प्रधानाध्यापक शेर सिह महराले यसबारे भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीलाई भेटेर योग भवन निर्माण कार्य अघि नबढाउन आग्र्रह गरेका छन् ।
उप मेयर जोशीलाई भेटेका प्रधानाध्यापक महराले फेरि मेयर पदम बोगटीलाई भेट्ने मनसाय बनाएका छन् । उनी विद्यालयको जग्गा कब्जा गरी भवन बनाउन नदिने पक्षमा उभिएका छन् ।

विद्यालयसित १२ कट्टा जग्गाको जग्गाधनी पूर्जा छ । प्रधानाध्यापक महराले विद्यालय प्रशासनको नेतृत्व लिन जग्गा कब्जा गरी भवन निर्माण सुरु गरिएको थियो । उनी २०७८ को दरबन्दी मिलानपछि विद्यालयमा प्रधाध्यापक भएका हुन् । योग भवनसंगै मन्दिर निर्माण गरेर पनि विद्यालयको जग्गा कब्जा गरिएको छ ।

‘यो विद्यालयको जग्गा हो, हामीसित पूर्जा छ, विद्यालयको जग्गामा भवन आवश्यक छैन भनेर भनि सकेका छौ, जबरजस्ती बनाउन खोजिएको छ, यो हामीलाई सह्य छैन’ प्रधानाध्यापक महराले भने,‘यसमा हाम्रो कुनै सहमति छैन, यसससित हाम्रो कुनै सरोकार छैन ।’

dirghayi clinic

योग भवन निर्माण कार्य सहयोग नगरेपछि आफू मानसिक तनावमा परेको प्रधानाध्यापक महराले बताए । उनले आफूलाई विद्यालयभित्र थुन्ने धम्की आएको समेत बताए ।

‘मलाई विद्यालयभित्रै थुनिदिने धम्की आएको छ, मलाई निकै नै तनाव दिइएको छ’ उनले भने,‘मलाई भए भरका तेरा रुपाली लिएर आ पनि भनेको छ, यसले म निकै तनावमा छु ।’

विद्यालयको जग्गामा मदनराज पाण्डेय लगायतले योग भवन बनाउन लागेका हुन् । पाण्डेय नेपाल रेडक्रस सोसाइटीमा आवद्ध छन् । उनी दुई कञ्चनपुर रेडक्रसको सभातिमा चुनाव लडेका छन् ।

विद्यालयको जग्गा कब्जा गरी पाण्डेय नेतृत्वको समूहले योग भवन बनाउन छलफल अघि बढाएको हो । पाण्डेयले सोमाबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देबीलाल कोइरालालाई आफ्नै घरमा बोलाएर यसबारे छलफल गरेका छन् ।

पाण्डेयसित छलफल गरी अध्यक्ष कोइरालाले प्रधानाध्यापक महरासित पनि छलफल गरेको शिक्षकहरुले बताए । व्यवस्थापन समिति अध्यक्ष कोइरालाले भीमदत्तले विनियोजित बजेट विद्यालयको खातामा ल्याएर भवन निर्माण अघि बढाउन सकिने नसकिने विषयमा प्रधानाध्यापकसित छलफल गरेका छन् ।

प्रधानाध्यापक महरा विद्यालयसंग सम्बन्धित बाहेक अन्य संरचना बनाउन नदिने पक्षमा छन् । विद्यालयको जग्गामा अन्य संरचना बनाए आगामी दिनमा भौतिक संरचना निर्माणका कार्य अघि बढाउन समस्या हुने उनले बताए ।

‘यसरी संरचना बनाउँदै गए भोलिका दिनमा समस्या हुन्छ, भोलि विद्यालयले कहाँ जग्गा खोजेर संरचना बनाउन सक्छ’ उनले भने ।
योग भवन निर्माण नेतृत्व गरि रहेका पाण्डेयले भने भवन निर्माणका लागि विद्यालयसित छलफल गरिएको बताए । ‘विद्यालयसित यसबारे छलफल गरिएको छ, प्रधानाध्यापक यसमा सकारात्मक देखिनु भएको छैन’ उनले भने ।

विद्यालयमा यस अघि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा व्यवस्थापन समिति अध्यक्ष थिए । बोहरापछि कोइराला व्यवस्थापन समिति अध्यक्ष भएका छन् । विद्यालयमा जनजाति, दलित समुदाय र कमजोर अवस्थाका विद्यार्थी अध्ययनरत छन् ।

भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र देबकोटाले आफूले यसबारे जानकारी लिने बताए ।

Himal dental
सम्बन्धित
Loading...