

महेन्द्रनगर । सिटिईभीटिबाट सम्बन्धन प्राप्त भविष्य विकास तथा परामर्श केन्द्रले सञ्चालन गरेको दुई महिने मन्टेश्वरी तालिम सकिएको छ । दुई महिने तालिममा २२ जना प्रशिक्षार्थी सहभागी भए ।



तालिममा सरस्वती चन्द प्रमुख प्रशिक्षक थिइन् । उनले तालिम सफल रुपमा सम्पन्न भएको र उपलब्धि मुलुक भएको बताइन् । एन प्याब्सन सुदूरपश्चिम प्रदेश अध्यक्ष बीर बहादुर चन्दको अध्यक्षतामा तालिम समापन कार्यक्रम गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि चन्दले सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरे ।
