
महेन्द्रनगर । सशस्त्र प्रहरीले महेन्द्रनगर बजारबाट भन्सार छलीको झण्डै १० लाख मूल्य बराबरको भन्सार छली गरी ल्याएको समान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण हेड क्वाटर शैलेश्वरीको गस्ती टोलीले भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारबाट ९ लाख ९८ हजार दुई सय मूल्य बराबरको अवैध कपडा बरामद गरेको छ । प्रहरीले ती कपडा बोकि रहेका भारतीय नम्बरमा प्लेटका दुई मोटरसाइकल पनि बरामद गरेको छ ।

बरामद समान र मोटरसाइकल दुबै कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ ।
