
महेन्द्रनगर । बझाङ्गमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरको आरोपमा एक जना पक्राउ परेका छन् ।
प्रहरीले जयपृथ्वी नगरपालिका–१० चैनपुर बजारमा डेरा गरी बस्ने तलकोट गाउँपालिका–५ का २२ वर्षीय हेमन्त भण्डारीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

हेमन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
