ghar sansar

संविधान चोकमा चैत १७ गते अध्यात्मिक सम्मेलन

khasi

महेन्द्रनगर । महेन्द्रनगरमा प्रजापिता ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयले आध्यात्मिक सम्मेलन गर्ने भएको छ । यहीँ चैत्र १७ गते महेन्द्रनगरस्थित संविधान चोकमा आध्यात्मिक सम्मेलन गरिने जनाइएको हो ।

ईश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण सेवा केन्द्र, महेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर सम्मेलनको जानकारी गराइएको हो । स्व परिवर्तन बाट विश्व परिवर्तनमा हाम्रो पाइला भन्ने धेयले सम्मेलनको आयोजना गरिने जनाइएको छ ।

ratnam
dirghayi clinic

दाताहरूको सहयोगमा संचालित उक्त संस्थाले महेन्द्रनगरमा आफ्नै कार्यालय भवन पनि निर्माण गरेको छ । सोही दिन बिहान कार्यालय भवनको उद्दघाटन कार्यक्रम पनि रहेको जनाइएको छ ।

सम्मेलनमा कलेजका विद्यार्थीहरु, जिल्ला स्थित सेवाकेन्द्रमा सेवा लिनेहरु लगायतको सहभागिता रहने जनाइएको छ । आध्यात्मिक चेतनाको ज्ञान दिने लक्ष्यले सम्मेलनको आयोजना गरिएको सेवाकेन्द्रले बताएको छ । सम्मेलनको प्रमुख बाचक ब्रमा कुमारी उषा छिन् ।

१४० बढी देशमा सेवारत रहेको उक्त संस्थाको कञ्चनपुरमा ओम शान्तीका २५ पाठसाला सञ्चालनमा छन् । सम्मेलनमा १२ सय बढीको सहभागी हुने बताईएको छ ।

Himal dental
सम्बन्धित
Loading...