

महेन्द्रनगर । भीमदत्त नगर सहकारी सञ्जालले चैत २० गते सहकारी र प्रविधि ःपारदर्शिता ,विश्वसनीयता र दिगो विकास नारा सहित ६८ औ सहकारी दिवस मनाउने भएको छ ।

सञ्जालले विगतदेखि सहकारी दिवस मनाउँदै आएको छ । यस वर्ष पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइने सहकारी सञ्जालका अध्यक्ष ईश्वरी प्रसाद खरेलले जानकारी दिए ।

सो अवसरमा माध्यमिक विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगिता, सहकारीमा योगदान गर्ने विशिष्ट व्यक्तित्वलाई सम्मान, प्रभातफेरी गर्ने लगायतका कार्यक्रम गर्ने निर्णय गरिएको छ ।
सञ्जालले यस वर्षको प्रदेश सहकारी दिवस कार्यक्रम भीमदत्त नगरपालिकामा आयोजनाका लागि सुदूरपश्चिम प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
