ghar sansar

एमालेले उत्पीडित समुदायलाई पार्टी उचित स्थान दिन्छ –इन्चार्ज पाल

khasi

महेन्द्रनगर । एमाले पोलिटब्युरो सदस्य एबम् कञ्चनपुर इन्चार्ज निरुदेबी पालले उत्पीडित दलित समुदायलाई पार्टीले उचित स्थान दिने बताएकी छन् । उनले मुक्ति समाजलाई पार्टीको नीति, विचार र सिद्धान्तलाई अंगिकार गर्दै प्रतिबद्ध भएर लाग्नु समेत सुझाव दिइन् ।

‘कञ्चनपुर यस्तो जिल्ला हो, पार्टी सचिव प्रणालीमा जाँदा पहिलो सचिव लाल बहादुर विश्वकर्मा हुनु भयो, अहिले पनि प्रदेश सरकारमा हिरा सार्कीज्यू कानुन मन्त्री हुनु हुन्छ, यो कुरा सबैलाई थाह नै छ’ एमाले सम्बद्ध नेपाल उत्पीडित जातीय मुक्ति समाज कञ्चनपुरले पार्टी कार्यालय मदन आश्रित सदनमा आयोनजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भनिन्,‘अब अरु साथीहरुलाई नेतृत्वमा पनि ल्याउनु पर्ने भन्ने हो, पार्टीले सधैं उचित स्थान दिन्छ, त्यसका लागि मुक्ति समाजका साथीहरुले पनि पार्टीले अंगिकार गरेको नीति, सिद्धान्त, विचारमा प्रतिवद्ध भएर सक्रिय रुपमा लाग्न आवश्यक छ ।’

ratnam

dirghayi clinic

वडा समिति सदस्यमा महिला र दलित महिला सदस्य अनिवार्य एमालेले गरेको उल्लेख गर्दै पालले दलित समुदायभित्र पनि समावेशी खोजिएको बताइन् । ‘अहिले वडामा महिला अनिवार्य गरिएको छ , त्यो एमालेले नै गरेको हो, महिला सदस्यमा दलित महिला सदस्य पनि एमालेले अनिवार्य गराएको हो’ उनले भनिन्,‘महलिा समावेशी त खोजिएकै छ, दलित समुदायभित्र पनि समावेशी खोजिएको छ, हुन त समावेशीलाई सकारात्मक विभेदको नीतिलाई सरकारले नै अंगिकार गरेको छ, एमालेले सकारात्मक विभेदको नीतिलाई अंगिकार गरेको छ ।’

एमालेले पछाडि पारिएका जाति, समुदाय, लिङ्गलाई राज्यको मूलधारमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै पार्टीको भूमिकालाई जनतासम्म लैजान मुक्ति समाजलाई पालले आग्रह गरिन् । ‘जतनासम्म लैजादाँ अन्य राजनीतिक दल, संगठनका मान्छे पनि मुक्ति समाजको छातामुनि गोलबन्द हुने छन्’ उनले भनिन् ।

पार्टीका जनसंगठनहरुले पार्टीका कामकाज र विचारलाई जनतासम्म पुगाउन सके पार्टी बलियो हुने इन्चार्ज पालको भनाई थियो ।
मुक्ति समाजका अध्यक्ष राजेन्द्र आग्रीको अध्यक्षतामा गरिएको कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष मनोहर पौडेल विश्वकर्मा प्रमुख अतिथि छन् । उनले एमालेले मात्रै उत्पीडित समुदायको हक अधिकार संरक्षण गर्न सक्ने बताइन् ।

 

Himal dental
सम्बन्धित
Loading...