ghar sansar

सत्तारुढ दलका विद्यार्थी संगठनको तालाबन्दीले तीन क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

dirghayu ad

महेन्द्रनगर । सत्तारुढ नेकपा एमाले सम्बद्ध अनेरास्ववियुले तालाबन्दी गरेपछि भीमदत्त नगरपालिका क्षेत्रका तीन क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित भएको छ ।

अनेरास्ववियुले बरिधी कलेज, बाल जागृति क्याम्पस र शारदा विद्यापिठमा तालाबन्दी गरेको छ । शारदा विद्यापिठ बाहेक अन्य क्याम्पसमा मंगलबार निर्वाचन हुने राखिएको थियो । विद्यापिठमा केही दिनपछि चुनाव हुने बताइएको छ ।

ratnam malkhad

‘अनेरास्ववियु स्वच्छ, निष्पक्ष भयरहित वातावरणमा विद्यार्थीको हक अधिकार सुनिश्चित गराउने संगठन भएकाले क्याम्पसको बदमासी बिरुद्धमा तालाबन्दी गरिएको हो’ उनले भने ।

यस बाहेक सिद्धनाथ विज्ञान क्याम्पस, कञ्चन विद्या मन्दिर सामुदायिक कलेज, जनज्योति बहुमुखी क्याम्पस, घटाल बहुमुखी क्याम्पस, उदय सरस्वती क्याम्पसमा पनि निर्वाचन हुन सकेन । सिद्धनाथ विज्ञान क्याम्पसमा धम्कीका कारण निर्वाचन प्रक्रिया स्थगित गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्र्तगतका क्याम्पसका मंगलबार निर्वाचन भएको छ । कञ्चनपुरमा ६ क्याम्पसमा निर्वाचन भएको छ । ती सबै क्याम्पसमा शान्तिपूर्ण रूपमा मतदान भएको छ ।

रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस बेलडाँडी, रामपुर बहुमुखी क्याम्पस कलकत्ता बेलौरी, महाकाली बहुमुखी क्याम्पस बेलौरी, जनता बहुमुखी क्याम्पस पुनर्वास, कञ्चन बहुमुखी क्याम्पस गुलरिया र भानु बहुमुखी क्याम्पस दोधारा चाँदनीमा मतदान भएको छ ।

तीमध्ये रामपुर बहुमुखी क्याम्पसको नतिजा सार्वज्निक भएको छ । माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीका रविना राना प्यानल सहित स्ववियु सभापति निर्वाचित भएकी छन् ।

शुक्लाफाँटा नगरपालिकाको कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीमा भागबण्डा गरी सर्वसम्मत समिति चयन गरिएको छ । भीमदत्त नगरपालिका १० जिमुवास्थित दानेश्वर बहुमुखी क्याम्पसमा एमाले सम्बद्ध अखिलको प्यानल निर्विरोध निर्वाचित भएको छ ।

Himal dental
सम्बन्धित
Loading...