
महेन्द्रनगर । गरिमा विकास बैंक लिमिटेडले भीमदत्त नगरपालिका १८ कटानस्थित महेन्द्रनगर माध्यमिक विद्यालय ((साधारण स्कुल) मा वित्तिय साक्षरता कार्यक्रम गरेको छ ।
युवा, विद्यार्थी र वयस्कलाई बित्त सम्बन्धि जानकारी तथा बढ्दो डिजिटल वित्तिय धोका बारेमा सचेत गराउन विद्यालयमा कार्यक्रम गरिएको छ ।

बैंकले अभियानका रुपमा सञ्चालन गर्दै आएको ‘ग्लोबल मनि वीक कार्यक्रम’ अन्र्तगत आयोजना गरिएको कार्यक्रममा विद्यालयका कक्षा १२ मा अध्ययनरत ७० विद्यार्थी सहभागी भएका छन् ।
बैंकका कर्जा इकाईका राम बहादुर शाहीले सञ्चालन गरेको कार्यक्रममा शाखा प्रबन्धक कमल प्रसाद जैशीले सहजीकरण गरे । शाखा प्रबन्धक जैसीले समापन गरेको कार्यक्रममा बैंक कर्मचारी पनि सहभागी भएका छन् ।
