ghar sansar

एमाले केन्द्रीय लेखा आयोगको बैठक महेन्द्रनगरमा सुरु, तीन दिनसम्म चल्ने

khasi

महेन्द्रनगर । सत्तारुढ नेकपा एमाले केन्द्रीय लेखा आयोगको १३ औं पूर्ण बैठक महेन्द्रनगरमा सुरु भएको छ । एमाले पार्टी कार्यालय मदन आश्रित सदनमा केही समय अघि बैठक सुरु भएको छ । बैठकमा लेखा आयोगका केन्द्रीय अध्यक्ष पुष्प कँडेल लगायतका सहभागी भएका छन् ।

लेखा आयोग केन्द्रीय सचिवालय सदस्य ईश्वरी प्रसाद खरेलले बैठक तीन दिनसम्म चल्ने जानकारी दिए । बैठकमा केन्द्रीय लेखा आयोगका पदाधिकारी, सदस्य सहित ३० जना सहभागी छन् । गण्डकी प्रदेश कृषि तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठ पनि बैठकमा सहभागी छन् ।

ratnam

एमालेको आगामी भदौमा हुने विधान अधिवेशनलाई मध्यनजर गरी बैठक राखिएको छ । बैठकमा रिपोर्टिङ्ग र हालसम्मको कामको समीक्षा गर्ने लगायतका एजेण्डा छन् ।

dirghayi clinic

त्यसमा आयोगका सचिवालयका निर्णय अनुमोदन, एमालेको भदौमा हुने विधान अधिवेशन, लेखा राष्ट्रिय समीक्षा भेला, चालु आर्थिक वर्षको लेखा परीक्षण लगायतका एजेण्डा समावेश छन् ।

यसैगरी सुदूरपश्चिम प्रदेश र एमाले कञ्चनपुरको नेतृत्वसंग अन्र्तक्रिया कार्यक्रमलाई पनि बैठकको एजेण्डामा राखिएको छ ।

एमाले केन्द्रीय लेखा आयोगको बैठक पहिलो पटक कञ्चनपुरमा राखिएको छ । लेखा आयोगका सचिवालय सदस्य खरेल एमाले कञ्चनपुरका पूर्व अध्यक्ष हुन् ।

Himal dental
सम्बन्धित
Loading...