

महेन्द्रनगर । दोधारा चाँदनी नगपालिका २ मा बाघ देखिएपछि ड्रोन क्यामेराबाट खोजी कार्य थालिएको छ । मायापुरी सामुदायिक मध्यवर्ती सामुदायिक वन नजिक बाघ स्थानीयको खेतबारीमा पसेको आशंका गरिएको छ ।

बाघ खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खेतबारीमा पुगेका छन् । केही समयपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको टीम दोधारा चाँदनी पुग्न लागेको छ ।

स्थानीयले बाघलाई भगाउन खोजेपछि झम्टिन आएको बताएका छन् ।
