

महेन्द्रनगर । पेसवान सामाजिक संस्थाले कञ्चनपुरले दोधारा चाँदनी नगरपालिका र लालझाडी गाउँपालिकाका १३ सामुदायिक विद्यालयमा झोला, स्टेसनरी तथा हाईनिक किट वितरण गरेको छ । दोधारा चाँदनी नगरपलिकाका ११ बिद्यालयमा झोला, स्टेसनरी तथा हाईनिक किट बितरण गरिएको छ ।
दातृ निकाय चाईना फाउन्डेसनको सहयोगमा संस्थाले विद्यार्थीहरुलाई झोला, स्टेसनरी तथा हाईनिक किट वितरण गरेको संस्थाका सदस्य दमन चन्दले जानकारी दिएका छन् । दोधारा चाँदनी नगरपलिकाका नगरपालिकाका ११ विद्यालयका दुई हजार नौ सय ७६ जना विद्यार्थीलाई झोला, स्टेसनरी तथा हाईनिक किट वितरण गरिएको संस्थाका सदस्य दमन चन्दले जानकारी दिए ।


यसैगरी आज विहिवार लालझाडी गाउँपालिका वार्ड नम्वर ५ मा रहेका बैजनाथ वालज्योती आधारभुत विद्यालयका १ सय ३४ जना विद्यार्थी, र राष्ट्रिय बहुभाषिक आधारभुत विद्यालयका २ सय ४० जना विद्यार्थीहरुलाई झोला, स्टेसनरी तथा हाईनिक किट वितरण गरिएको जानकारी दिए ।
संस्थाले यस वर्ष दोधारा चाँदनी नगरपालिका, पुनर्वास नगर र लालझाडी गाउँपालिकाका ४७ बिद्यालयका १० हजार १८ बिद्यार्थीलाई झोला स्टेसनरी तथा हाइजनिक बितरण गरिने जानकारी संस्थाका सदस्य दमन चन्दले जानकारी दिएकाछन् । यस अगाडी यस संस्थाले २५ सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको थियो ।




