ghar sansar

हात्तीलाई विद्युतीय धराप थापेर मारेको आशंकामा एमाले लालझाडीका अध्यक्ष राना पक्राउ

dirghayu ad

महेन्द्रनगर । सत्तारुढ एमालेका लालझाडी गाउँ कमिटी अध्यक्ष ओम प्रकाश राना पक्राउ परेका छन । डिभिजन वन कार्यालय कञ्चनपुरका सहायक वन अधिकृत करुणाकर जोशीले ओमप्रकास रानालाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताए ।

अध्यक्ष रानालाई वन कार्यालयको हिरासतमा राखिएको छ । केही दिन अघि लालझाडीमा जंगली हात्ती मृत फेला परेपछि पोष्टमाष्टम प्रतिवेदनले करेन्ट लागेर हात्तीको मुत्यु भएको विषय खुलेपछि डिभिजन वन कार्यालयले कसले करेन्ट लगाएर हात्ती मारेको बारे अनुसन्धान अघि बढाएको छ । रानाले विद्युतीय धराप थापेको आशंकामा छानबिनका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

ratnam malkhad

लालझाडीमा जंगली हात्तीले मानिसमाथि आक्र्रमणदेखि भौतिक सरचना अन्नबालीमा क्षति पु¥याउँदै आएको छ । देशमा तीन तीन सरकार भएपनि लालझाडीका जनता हात्ती नियन्त्रणमा नआएपछि हैरान भएका छन ।

 

Himal dental
सम्बन्धित
Loading...