ghar sansar

मन्त्री भण्डारीले देहरादुन मेलालाई दिएको डेढ करोड बढी खर्चको चौतर्फी आलोचना, एमाले लेखा आयोगका अध्यक्ष कँडेलले गरे बचाऊ, भने– यसरी खर्च गर्ने पार्टीको नीतिमै पर्छ

janjyoti campus

महेन्द्रनगर । एमाले केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेलले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भारतको देहरादुनमा आयोजित व्यापारिक मेला आयोजना गर्न दिएको राज्य कोष खर्च पार्टीको नीतिमा पर्ने बताएका छन् ।

एमाले कञ्चनपुर पार्टी कार्यालयमा शुक्रबार विहान गरिएको पत्रकार सम्मेलनमा उनले पार्टीको नीति सहकार्य गर्ने भएकाले त्यसै अनुसार सहयोग गरिएको हुन सक्ने बताएका हुन् ।

western public academy

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री भण्डारीले देहरादुनमा मेला आयोजना गर्न कञ्चनपुर उद्योग बाणिज्य संघलाई करोड ७० लाख दिएको चर्चा बाहिर आएको छ । यसबारे मन्त्री भण्डारी र उद्योग बाणिज्य संघ दुबैले आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।

dirhayu

मन्त्री भण्डारीले देश आर्थिक मन्दीमा फसेका बेला देहरादुनमा मेलाका लागि करोडौ खर्च गरेको भन्दै उनको चौतर्फी आलोचना भएको छ । मन्त्री भण्डारी बैतडीबाट निर्वाचित एमाले साँसद हुन् ।

उनी प्रधानमन्त्री एबम् एमाले अध्यक्ष केपी शर्मा ओली निकटका मानिन्छन् । भीमदत्त नगरपालिका ६ का समाजसेवी थानेश्वर लेखकले मन्त्री भण्डारीलाई कटाक्ष गर्दै खुला मञ्चमा माइकबाट खर्च गरिएको कारण माग गरेका छन् ।

लेखक भीमदत्त नगरपालिका ६ को उप निर्वाचनमा स्वतन्त्र चुनाव लडेका थिए । अहिले उनी महेन्द्रनगर बजार सरसफाई, लागु औषध नियन्त्रण, स्थानीय सरकारलाई खबरदारी लगायतका विभिन्न कार्य गर्दै आएका छन् ।

सामािजक सञ्जाल फेसबुकमा मन्त्री भण्डारीले देहरादुनमा मेलामा गरेको खर्चलाई आलोचना गरेका छन् । एमाले पार्टी कार्यालयमा तीन दिनसम्म चलेको बैठकपछि शुक्रबार विहान पत्रकार सम्मेलन गरिएको थियो । त्यस क्रममा पत्रकारहरुले मन्त्री भण्डारीले देहरादुनमा मेलामा गरेको खर्चलाई लिएर जिज्ञासा राखेका थिए ।

Himal dental
सम्बन्धित
Loading...