
महेन्द्रनगर । सत्तारुढ नेकपा एमाले केन्द्रीय लेखा आयोगको कञ्चनपुर जिल्लामा सम्पन्न १३ औँ बैठकले स्थानीय तहसम्मको लेखा परीक्षण गराउने निर्णय गरेको छ । शुक्रबार नेकपा एमाले कञ्चनपुर पार्टी कार्यालयमा बैठकका निर्णय सार्वजनिक गर्न गरीएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
एमाले केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कंडेलले पार्टी विधान अनुसार पालिका स्तरसम्मका कमिटिको लेखा परीक्षण गर्न पर्ने भएकाले त्यही म्याण्डेट अनुसार केन्द्रीय लेखा आयोगले काम गरेको बताए ।

‘स्थानीय तहसम्मको लेखा परीक्षण गर्नेभन्ने छ, पार्टीको विधानमा, त्यो विधानले गरेको व्यवस्थाअनुसार नै पार्टीको राजनितिक दस्तावेज, राजनितिक प्रतिवेदनले र पार्टिको सयूक्त सोचलाई सहयोग गर्ने हिसावले केन्द्रीय लेखा आयोगले काम गरीरहेको छ,’ उनले भने, ‘यहि अनुसार हामीले गरेका छौ र अघिल्लो आर्थिक बर्षको करिव–करिव हामीले हामीलाई तोकिएको जुन विधानमा परीभाषित गरेको जिम्मेवारी पुरा गरेका छौ ।’
यो आर्थिक बर्षको आर्थिक लेखा परीक्षण चलिरहेको कुरा उल्लेख गर्दै उनले समग्र प्रतिवेदन आगामी महाधिबेशनमा पेस गरिने बताए । ‘यो आर्थिक बर्षको लेखा परीक्षण पनि चल्दैछ, र आगामी महाधिबेशनमा समग्र प्रतिवेदन लगेर राख्छौ,’ उनले भने, ‘हाम्रो मुूल्याङ्कनमा कहिलेकाँही कमिटी कसरी चलेको छ भन्ने कुराले पनि प्रभावित पार्ने रहेछ, र पार्टी कमिटिहरु पनि अहिले व्यवस्थित चल्न थालेका छन्, हुन त हामी सुधारकै अवस्था रहेको र सुधिएको स्थिति रहेको छ, र पूर्ण रुपमा व्यवस्थित बनाउने कुरा त यो पार्टी कमिटी पनि हो, फेरि त्यस कारण यसलाई संस्थाको जस्तो हण्ड्रेड प्रतिशत त हेर्न सकिदैन, हामीले हेर्ने भनेको आधारभूत कुराहरु हो ।’
सुदूरपश्चिम प्रदेशको पनि गत आर्थिक बर्षको लेखा परीक्षण भईसकेको बताउँदै आर्थिक पारदर्शितामा सुदूरपश्चिमको कमिटि अगाडी रहेको उनको भनाई थियो । ‘सुदूरपश्चिम प्रदेशको पनि गत आर्थिक बर्षको सबै लेखा परीक्षण ग¥यौ, नौ वटै जिल्लाको लेखा परीक्षण भयो र धनगढी उप–महानगरपालिकासम्मकै लेखा परीक्षण भईसक्यो,’ उनले भने, ‘समग्र प्रदेशको हेर्नेहो भने अरु प्रदेशभन्दा उत्तम लाग्छ, त्यसका लागि सुप प्रदेशलाई पनि धन्यवाद दिन्छु ।’
उहाँका अनुसार लेखा परीक्षणका कामहरु बाकि रहेका जिल्लामा लेखा परीक्षणका कामलाई तिव्रता दिने, समयमा लेखपरीक्षण नगराउने, पार्टीलाई समयमा बक्यौता नतिर्ने, हरुलाई कारवाहिको प्रक्रिया क्रमश अगाडि बढाउनको लागि पार्टिका माथिल्ली निकायमा सिफारिग गर्नका लागि, अनुसासन आयोगलगायतका निकायमा सिफारिस गर्नका लागि आग्रह गर्ने लगायतका विषयमा निर्णय गरीएको लेखा आयोग अध्यक्ष कंडेलले बताए ।
एमाले पार्टी आर्थिक रुपमा व्यवस्थित रुपमा चलेको र बचतमा रहेको पार्टी भएको पत्रकार सम्मेलन जानकारी दिइएको छ । ‘हाम्रो बैठकमा समग्र पार्टीका विषयमा पनि चिन्ता भएकोछ, र पार्टीभित्रका आर्थिक कामका व्यवस्थापनका सन्दर्भमा पनि चिन्ता व्यक्त भएको छ,’ उनले भने, ‘यहाँ बैठकमा आउका ति सबै सुझावहरु केन्द्रीय नेतृत्वलाई पनि दिन्छौ, केन्द्रीय नेतृत्वले त्यो अनुसार सच्चाएर पनि गएको छ । देशका समग्र पार्टीहरुमा अरु पार्टीहरु कसरी चलेका छन् ? बाहिरबाट हेर्दा व्यवस्थतिरुपमा चल्ने पार्टी र नचल्ने पार्टी सबै उस्तै देखिन्छन्, नेकपा एमाले कसरी चलेको छ ? नेकपा एमाले आर्थिकरुपमा पनि व्यवस्थीत तरीकाले चल्न खोजेको छ, त्यही भएर नेकपा एमाले बचत(नाफा)मा पनि चलेको छ ।’
