ghar sansar

बेदकोटमा स्वीट नेपालको परियोजना परिचयात्मक कार्यक्रम

khasi

महेन्द्रनगर । स्वीट नेपाल कञ्चनपुरको आयोजना तथा केएनएचको आर्थिक तथा प्राविधिक रुपमा सञ्चालित हुने “एकिकृत महिला र बालवालिका समाजिक, आर्थिक, सशक्तिकरण परियोजना दोस्रो दास्रो चरणको कार्यक्रमको परिचयात्मक कार्यक्रम बेदकोट नगरपालिकामा गरिएको छ ।

बेदकोट नगरपालिकामा महिलाहरुको सशक्तिकरणको माध्यमबाट बालबालिकाहरुको दिगो विकासमा बलियो बनाउन बेदकोट नगरपालिका वडा नं. ३,४,५ र १० मा कार्यक्रम गर्दे आएको छ ।

संस्थाले २ बर्षभित्र ४ वटै वडामा २८ वटा आत्म निर्भर समूह गठन गरी उनीहरुको क्षमता बिकास गर्दे आईरहेको छ । संस्थाले अहिले वडा न १ र २ मा समेत आफनो कार्यक्रमलाई बढाउने भएको छ ।

dirghayi clinic

यस बर्षदेखि १६० जना अति बिपन्न समुदायका बालवालिकाहरुको समेत समुह निर्माण गरी उनीहरुको समेत क्षमता बिकास गर्ने उदेश्यका साथमा संस्थाले आउने ५ बर्षका लागी वेदकोट नगरपालिकामा महिलाहरुको आर्थिक क्षमता लगायतको पाटो समेत अभिबृद्धि गरी बालवालिकाको अधिकार सुरक्षित गर्नका लागी काम गर्नेछ । स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाको अध्यक्षतामा भएको कार्यक्रममा बदकोट नगरपालिका नगरप्रमुख भोजराज बोहरा प्रमुख र नगर उप प्रमुख तुलसी जोशी विशिष्ट अतिथि थिइन् ।

कार्यक्तममा प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्ट लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरपालिका कार्यालयका शाखा प्रमुख सहभागी भएका छन् । कार्यक्रममा नगर प्रमुख बोहराले स्वीट नेपालको कार्यप्रति सन्तोष ब्यक्त गर्दे साझेदारीका लागी सहयोग गर्ने ब्यक्त गरे । ३५ भन्दा बढी सहभागी कार्यक्रम सञ्चालन स्वीट नेपालका प्रोग्रामर अफिसियर मिना आउजीले गरेकी थिईन ।

 

Himal dental
सम्बन्धित
Loading...