ghar sansar

एन प्याब्सन कञ्चनपुरको प्रिन्सिपल भेला सुरु

little buddha academy
khasi

महेन्द्रनगर । राष्ट्रिय निजी तथा आवाशीय विद्यालय एसोसिएसन(एन प्याब्सन) कञ्चनपुरको प्रिन्सिपल भेला सुरु भएको छ ।
होटेल ओपेरामा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लक्षण गिरीले भेला उद्घाटन गरे । 

एन प्याब्सन आवद्ध विद्यालयका प्रिन्सिपल भेलाको उद्घाटन सत्र सकिएको छ । अहिले बन्द सत्र जारी छ । उद्घाटन सत्रको अध्यक्षतामा एन प्याब्सन कञ्चनपुर अध्यक्ष सत्येश बहादुर चन्दले गरे । उनले एन प्याब्सन आवद्ध सबै विद्यालयको साथ र सहयोगले संगठनका कामकाज गर्ने बताए ।

dirghayi clinic

उद्घाटन कार्यक्रममा एन प्याब्सन केन्द्रीय महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित श्याम सिह मौनी सहित केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र सल्लाहकारलाई सम्मान गरिएको छ ।

भेलामा एन प्याब्सन वरिष्ठ उपाध्यक्ष मौनी सहित केन्द्रीय उपाध्यक्ष तेज नाथ खनाल, सल्लाहकारद्वय प्रकाश बहादुर पाण्डेय र डा. भोजराज पन्त, केन्द्रीय सचिव डी.डी. अवस्थी, केन्द्रीय सह कोषाध्यक्ष कल्पना भुषाल, केन्द्रीय सदस्यहरु राजेन्द्र चापागाई, झंकर राज जोशी, सुदूरपश्चिम प्रदेश अध्यक्ष बीर बहादुर चन्द, कैलाली अध्यक्ष ललित सिंह साउँद लगायतका सहभागी भएका छन् ।

एन प्याब्सन कञ्चनपुरका सचिव कुबेर खड्काले सञ्चालन गरेको कार्यक्रममा बलदेब भट्टले स्वागत मन्तव्य राखे ।

 

Himal dental
सम्बन्धित
Loading...