ghar sansar

लैङ्गिक हिंसा विरुद्ध छलफल

dirghayu ad

महेन्द्रनगर । एकद्धार संकट व्यवस्थापन केन्द्र र सुरक्षित आवास गृहमा विद्यमान गुनासो सुनुवाई संयन्त्रमा लैङ्गिक दृष्टिकोण अन्र्तक्रिया कार्याक्रमको आयोजना गरिएको छ ।

जिल्ला सवन्वय समिति कञ्चनपुरको आयोजना र जुरी नेपालको सहकार्यक्रमा होटल सिद्दार्थ, महेन्द्रनगर कञ्चनपुरमा अन्र्तक्रिया कार्यक्रमको आयोजन गरिएको छ ।

ratnam malkhad

जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा आयोजित कार्यक्रमका विशेष अतिथि जिसका उपप्रमुख, भीमदत्त, बेलौरी नगरपालिकाका उपमेयर, प्रमुख जिल्ला अधिकारी रहनु भएको थियो ।

यस्तै, कार्यक्रममा जिल्ला अस्पताल व्यवस्थापन समिति कञ्चनपुर, सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता, भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायत सहभागी भएका छन् ।

कार्यक्रममा सहभागिहरुले हिंसामा परेका महिलाहरुलाई सहजताका लागी सरोकारवाला सबैले पहल गर्नुपर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले कतिपय अवस्थामा भाषा नबुझ्दा सेवाग्राहीले सेवा पाउन नसकेको अवस्थामा उसको अधिकारको सुरक्षण गर्न सरोकारवाला सबै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

Himal dental
सम्बन्धित
Loading...