
महेन्द्रनगर । नेपाल पशुपन्छि औषधि व्यवसायी संघ, महाकाली शाखाको सातौँ साधारण सभा तथा चौथो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट पुनः कृष्णा जोशी भट्ट अध्यक्ष पदमा चयन भएका छन् ।
नेपाल पशुपंछी औषधि व्यवसायी संघ, महाकाली शाखाको सातौँ साधारण सभा तथा चौथो अधिवेशन संघका अध्यक्ष कृष्णा जोशी भट्टको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल पशुपन्छि औषधि व्यवसायी संघ केन्द्रीय अध्यक्ष संघका रितेश अधिकारी, केन्द्रीय सदस्य अर्जुन नेपाल, नेपाल पशुपन्छि औषधि व्यवसायी संघ सुदुर पश्चिम प्रदेशका अध्यक्ष यज्ञराज बास्तोला लगायत संघका पदाधिकारी, व्यवसायी, सरोकारवालाहरू तथा विभिन्न क्षेत्रका अतिथिहरूको उत्साहजनक उपस्थिति भएका छन् ।
अध्यक्षमा पुनः निर्वाचित भएपछि कृष्णा जोशी भट्टले पशुपन्छि औषधि व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायको प्रवद्र्धन तथा गुणस्तरीय औषधि आपूर्तिमा संघ प्रतिबद्ध रहने बताएका छन्। साथै, व्यवसायीहरूमाझ एकता अभिवृद्धि गर्दै नीति सुधारका लागि संघले आवश्यक पहल गर्ने उनको भनाइ छ ।
साधारण सभामा संघको वार्षिक प्रतिवेदन, आर्थिक विवरण तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो। व्यवसायीहरूले आफ्नो पेशागत सुरक्षाका लागि आवश्यक नीतिगत सुधारका विषयमा समेत आवाज उठाएका छन् ।
नयाँ कार्यसमितिले व्यवसायीहरूको समस्या समाधान तथा संघलाई अझ सशक्त बनाउन कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
